काठमाडौं । नेकपा एमालेका १५ नेताले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिको विरोध गरेका छन् । शनिबार एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका १५ नेताले संयुक्त वक्तव्य जारी गरी नेपाली जनताबाट अस्वीकृत बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई महतोले पुनः उठाएको भन्दै आपत्ति जनाएका हुन् ।
१५ नेताले महतोको संविधान विरोधी उक्त अभिव्यक्तिबारे केपी ओलीबाट स्पष्ट पार्न माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘विगतमा टुंगो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरी राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिनु निन्दनीय छ ।’


प्रतिक्रिया