अमेरिकाबाट नेपालसहित एसियाली देशले ७० लाख डोज खोप पाउने



काठमाडौं । कोभिड–१९ को महामारीसँग लडिरहेको यो समयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले संसारभर अमेरिकाले दिने कोभिड–१९ खोप सहयोगको घोषणा गरेका छन् ।

नेपाली समय अनुसार बिहीबार राति खोप सहयोगको घोषणा गरिएको हो । कोभ्याक्समार्फत विश्वव्यापी खोप पहुँचका लागि अमेरिकाले गरिरहेको विभिन्न सहयोगसँगै नेपाल लगायत एसियाका विभिन्न देशहरूले झन्डै ७० लाख डोज खोप प्राप्त गर्ने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ ।

नेपालले अमेरिकासँग ५० लाख डोज खरिदका लागि आग्रह गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति बाइडेनलाई पत्र लेख्दै खोप खरिदमा सहजीकरण गरिदिन आग्रह गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वनक्षेत्रबाट विस्थापित हुँदै आदिवासी समुदाय, शिकार आरक्षमा झनै समस्या

कुम्भराज राई, काठमाडौँ । विसं २०७७ साउन ३ गते चितवनको माडी नगरपालिका–९ कुसुमखोलामा

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच

ट्रम्पको रिस टार्न खोज्दै मोदी

वासिङ्टन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार ह्वाइट हाउसमा भेट हुँदा डोनाल्ड ट्रम्पसँगको

उत्तर कोरियाले पारिवारिक पुनर्मिलन केन्द्र भत्काउँदै

सियोल  । उत्तर कोरियाले कोरियाली युद्ध र देशको विभाजनबाट छुट्टिएका परिवारहरूको भावुक पुनर्मिलनको