माधव नेपाल पक्षका १७ भातृ संगठनले भने-ओलीको निरंकुश र हैकमवादी निर्णयले पार्टी विसर्जनको अवस्थामा



काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका १७ वटा भ्रातृ संगठनले पार्टी र जनसंगठनहरूका सबै संरचनालाई २०७५ जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने चेतावनी दिएका छन् ।

बिहीबार संयुक्त वक्तव्य जारी गरी १७ जनसंगठनका प्रतिनिधिहरुले जेठ २ मा पार्टी नफर्काउने हो भने नयाँ ढंगले पार्टी पुनर्गठन गर्नुपर्ने बताएका हुन् ।

उनीहरुले आफूहरू अहिले पनि एकताबद्ध एमालेकै पक्षमा रहेको भएपनि अध्यक्ष केपी शर्मा ओलीले अवैधानिक कार्य गर्दै आएकाले ओलीले गरेका सवै निर्णय खारेज हुनुपर्ने माग समेत गरेका छन् ।

उनीहरूले माग पूरा नभए नयाँ शीराबाट अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् । विज्ञप्तिमा माधव नेपाल पक्षका किसान महासंघका अध्यक्ष बलराम बाँस्कोटा,महिला संघकी अध्यक्ष जयन्ती राई, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, युवा संघका नरेश शाही,प्रेस चौतारीका विश्वमणि सुवेदीलगायतले हस्ताक्षर गरेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौं महानगरपालिकामा सहकारीसँग सम्बन्धित आउँछन् यस्ता समस्या र गुनासा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागले चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउन, भदौ,

एमालेको सचिवालय बैठक आगामी बुधबार बस्ने

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी बुधबार (पुस

नेपाली क्रिकेटले असम्भव लाग्ने कल्पनालाई सम्भव बनायो

नारायण गाउँले । साधनस्रोत चाहिन्छ, पैसा चाहिन्छ तर सबैभन्दा बढी ‘सही मान्छे सही

मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने

भरतपुर । मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित