थप ५८२५ जनामा कोरोना संक्रमण, ५९०४ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ५८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५८२५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७६९३६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ५९०४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ४६७४६७ पुगेको छ । त्यस्तै थप ७५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६३० पुगेको छ । क्वारेन्टाइनमा ८३१ जना छन् भने आइसोलेसनमा १०१८३९ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।