त्यो न्यायदाताको, भगवान सरहको सर्वोच्च स्थानको गरिमा र मर्यादा कहाँ पुग्ला श्रीमान् ?



केशवप्रसाद भट्टराई ।
न्यायाधीशहरू न्यायदाता हुन्, भगवान सरह हुन्, कानुन अधिकृत मात्रै होइनन् श्रीमान् !
१. न्यायालय भनेको जनताको आस्था र विश्वासको मन्दिर हो !
पुजास्थल सरह हो !
न्यायाधीशहरू न्यायदाता हुन्,
न्यायदाता भनेका भगवान हुन् ,
भगवान सरह हुन्,
संविधान र कानुनका धारा र दफा घोकेर फाइल अघि बढाउने कानुन अधिकृत मात्रै होइनन् श्रीमान् !

२. आफ्ना सहयोगीहरूसम्मलाई न्याय दिन नसक्ने,
२० वर्ष ३० वर्ष को लामो करियर जजको अनुभव बोकेका ठूलो निष्ठा र प्रतिवद्धता प्रदर्शन गर्दै स्वच्छ र सक्षम छवि निर्माण गरेका व्यक्तिलाई पनि कनिष्ठको नाउमा भेदभाव, पक्षपात र तेजोवध भोग्न वाध्य पार्ने श्रीमान् र श्रीमानहरूले आमजनतालाई न्याय दिन्छन् भनेर कसरी विश्वासगर्ने होला ?

३. अनि सडक, मिडिया, झगडिया र वकिलहरूको मादलको तालमा नाच्न रमाउनेहरूबाट,
झगडिया बोकेका वकिलहरूसँग बसेर सम्झौतागरेर,
कसैले धम्क्याएको –थर्काएको भरमा बेञ्च र इजलास गठन गर्ने नजीर कायम गर्दा ,
त्यो न्यायदाताको, भगवान सरहको सर्वोच्च स्थानको गरिमा र मर्यादा कहाँ पुग्ला , श्रीमान् ?
यसैगरी काम हुन्छ हो अदालतमा ?
यस्तै अड्डालाई न्यायालय भन्छन् हो ?

४. गल्ती भएको छ भने श्रीमानबाट भएको छ ।
श्रीमानबाट भएको गलत निर्णयमा कोही अर्को किन पीडित हुनु पर्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

–सुवास दर्नाल सोलुखुम्बु । वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी सुरु

पाकिस्तानमा रेल अपहरणः तीन सयको उद्दार

बीबीसी । पाकिस्तानको बलोचिस्तान प्रान्तमा सशस्त्र लडाकुहरू कब्जामा लिएको एक यात्रुवाहक रेलमा बन्धक

रङहरूको पर्व होली आज

काठमाडौं । होली पर्व रंगहरुको पर्व हो । हिन्दू धर्म अनुसार यो पर्व

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन-संवादः विपिन जोशीको रिहाइका लागि आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग