विश्वमा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै,भारतमा संक्रमण र मृत्युदर घट्दै



पछिल्लो केही दिनदेखि विश्वमा कोरोना भाईरस संक्रमणको दर घटिरहेका छ भने निको हुनेको संख्या बढिरहेको छ ।

हालसम्म विश्वमा १५ करोड ३७ लाख ३० हजार भन्दाबढी कोरोना संक्रमणबाट मुक्त भएका छन्। यस्तै, १७ करोड १४ लाख ५५ हजार ८३८ जनामा कोरोना संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ३ लाख ५३ हजार ६१ मा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १ करोड ४१ लाख ६१ हजार भन्दाबढी भन्दाबढी सक्रिय संक्रिमतको संख्या रहेको छ । जसमध्ये ९१ हजार ७ सय बढीको अवस्था गम्भीर रहेको छ ।

यसैगरी, कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ हजार भन्दाबढीको भएको छ । सोमबार विश्वभर ८ हजारभन्दा बढीको मृत्यु भएको थियो । केही दिनयता संक्रमणबाट मृत्यु हुनेको संख्या पनि घटिरहेको छ । हालसम्म विश्वमा मृत्यु हुनेको संख्या ३५ लाख ६४ हजार ७६४ जना पुगेको छ ।

कोरोनाका कारण विश्वमा सबैभन्दा बढी प्रभावित भएको संयुक्त राज्य अमेरिकामा ६ लाख ९ हजार ७६७ जनाको मृत्यु भएको छ भने ३ करोड ४१ लाख १३ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएको छ ।

छिमेकी मुलुक भारतमा केही दिनयता संक्रमितको दैनिक वृद्धिमा कमी हुँदै गएको छ । यस्तै मृतको संख्यामा पनि कमी आएको छ । पछिललो २४ घण्टामा १ लाख २६ हजार ६९८ जनामा संक्रमण भएको छ भने २ हजार ७८२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २ करोड ८१ लाख ७३ हजार ६५५ पुगेको छ भने ३ लाख ३१ हजार ९०९ जनाको मृत्यु भएको छ । हालसम्म २ करोड ५९ लाख ३९ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ७ हजार ३८६ जनाको मृत्यु भएको छ भने १ लाख ६ हजार ४४६ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, ४ लाख ४७ हजार ४४६ जना संक्रमित निको भइसकेका छन् भने ५ लाख ६१ हजार ३०२ जनामा संक्रमण भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मकवानपुरमा भीरबाट कार खस्दा तीनजना गम्भीर घाइते

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर १२ चौतारास्थित कान्तिलोकपथ सडकखण्डमा शनिबार बिहान

युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने योजनामा छैनः पुटिन

बीबीसी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने

नेपाल प्रहरीका चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा

अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना मेयरलाई यसरी शानसँग उभिएको हेरेर खुसी बनौं !

नारायण गाउँले । चुनावमा उठ्नुअघि धेरैले बालेन साहलाई चिनेका थिएनन् ! उठे नै