कोरोना भाइरसका भेरियन्टहरूलाई नयाँ नाम दिने विश्व स्वास्थ्य सङ्गठनको निर्णय



कोरोनाभाइरसका नयाँनयाँ प्रकारहरू निस्कन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले तिनको नामाकरण गर्ने नयाँ प्रणालीको घोषणा गरेको छ । अबदेखि उसले यूके, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरियन्टलाई ग्रीक वर्णमालाका अक्षरहरूको प्रयोग गरेर चिनाउनेछ ।

जहाँ भेरियन्ट पहिले पत्ता लाग्यो त्यही ठाउँबाट चिन्ने गरिएको अहिलेको प्रणालीले स्थानविशेषविरुद्ध विभेदपूर्ण भावना विकसित गराएको भन्दै डब्ल्यूएचओले नयाँ प्रणाली ल्याएको हो । जसअनुसार आइन्दा यूके भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकी भेरिअन्टलाई बिटा अनि भारतीय भेरिअन्टलाई डेल्टा भनिनेछ ।

यसै महिनाको सुरुमा भारतीय सरकारले त्यहाँ गत अक्टोबरमा सबैभन्दा पहिले यकिन गरिएको B.1.617.2 भेरिअन्टलाई भारतीय भेरियन्ट भनिएकोमा आलोचना गरेको थियो । हुन त डब्ल्यूएचओले आधिकारिक रूपमा त्यसको नाम भारतीय भेरियन्ट कहिले पनि भनेको थिएन । विश्व स्वास्थ्य सङ्गठनकी कोभिड–१९ प्राविधिक समूहकी प्रमुख मारिया भन कर्खोभले ट्वीट गर्दै ‘भेरिअन्ट पत्ता लगाएर जानकारी दिएकोमा कुनै पनि देशलाई अप्ठेरोमा पारिनुहुन्न’भनेकी छन् ।

उनले सङ्क्रमण विस्तार रोक्न भेरिअन्टहरूको सक्रियतापूर्वक निगरानी गर्न र वैज्ञानिक डेटा बाँड्न आवश्यक भएको बताइन् । अब प्रयोग गरिने ग्रीक अक्षरहरूले चासोका साथ हेरिएका तथा चिन्ताका साथ हेरिएका दुवै प्रकारका भेरियन्टलाई जनाउनेछन् । तिनका नामहरूको पूर्ण विवरण डब्ल्यूएचओको वेबसाइटमा राखिएको छ ।

यी ग्रीक अक्षरहरूले ती भेरिअन्टको पूर्ण वैज्ञानिक नामलाई विस्थापन भने गर्ने छैनन् । कर्खोभका अनुसार यदि २४ भन्दा धेरै भेरियन्ट भेटिएको खण्डमा ग्रीक वर्णमालाका अक्षर सकिनेछ र नयाँ प्रणाली घोषणा गरिनेछ । सोमवार यूके सरकारलाई सल्लाह दिने समूहका एक वैज्ञानिकले यूके कोभिड सङ्क्रमणको तेस्रो लहरको प्रारम्भिक चरणमा रहेको भनेका थिए ।

जसको एक कारण विगतमा भारतीय भेरियन्ट भन्ने गरिएको डेल्टा भेरिअन्टको विस्तार रहेको उनले बताए । डेल्टा भेरिअन्ट विगतमा यूके भेरिउन्ट भन्ने गरिएको अल्फा भेरियन्टभन्दा चाँडो फैलने बताइन्छ । अल्फाकै कारण जाडोयाममा यूकेमा महामारी निकै फैलिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बबरमहलको क्षतिग्रस्त सडक पुनर्निर्माण गरी जस्ताको तस्तै बनाउन केयूकेएललाई सडक डिभिजनको आग्रह

काठमाडौं । डिभिजन सडक कार्यालय काठमाडौंले बुधबार काठमाडौंको बबरमहलमा खानेपानीको पाइप फुटेर क्षतिग्रस्त

रासायनिक मल आपूर्ति र वितरणलाई छिटोछरितो र पारदर्शी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र

सुख्खा हिउँद: न हिमपात, न वर्षा

ध्रुवसागर शर्मा, म्याग्दी । हिउँदको समय सकिन अब करिब तीन साता मात्रै बाँकी

काश्मीर सीमामा भारत र पाकिस्तानबीच गोली हानाहान

  श्रीनगर । भारतीय र पाकिस्तानी सैनिकहरूले दुई चिरपरिचित प्रतिद्वन्द्वीलाई विभाजन गर्ने अत्यधिक