छलफल नगरी सुकेटार विमानस्थलको नाम परिवर्तन गरिएकोमा योगेश भट्टराईको आपत्ति



काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले सुकेटार विमानस्थलको नाम परिवर्तन गर्नुअगाडि व्यापक छलफल गरी सहमति निर्माण गर्नुपर्ने बताएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट प्रस्तुत गर्दै सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी विमानस्थल हुने बताएपछि त्यसतर्फ संकेत गर्दै भट्टराईले नाम परिवर्तन गर्दा विवाद, विभाजन र अनावश्यक तनावमात्रै झेल्नुपर्ने भन्दै सबैसँग छलफल र विमर्श गरिनुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘ ऐतिहासिक रुपमा कुनै नाम वा बिशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आबश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिक स्तरमा ब्यापक छलफल र बिमर्श गरी सहमति निर्माण गर्नु पर्दछ । यसरीमात्र सहभागितामूलक लोकतन्त्र बलियो हुनसक्छ । असल काम पनि असल नियत र सहि प्रकृयाबाट गरियो भनेमात्र सही परिणाममा पुग्न सकिन्छ । अन्यथा विवााद, विभाजन र अनावश्यक तनावमात्र झेल्नु पर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौं महानगरपालिकामा सहकारीसँग सम्बन्धित आउँछन् यस्ता समस्या र गुनासा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागले चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउन, भदौ,

एमालेको सचिवालय बैठक आगामी बुधबार बस्ने

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी बुधबार (पुस

नेपाली क्रिकेटले असम्भव लाग्ने कल्पनालाई सम्भव बनायो

नारायण गाउँले । साधनस्रोत चाहिन्छ, पैसा चाहिन्छ तर सबैभन्दा बढी ‘सही मान्छे सही

मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने

भरतपुर । मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित