विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड नाघ्यो,३५ लाख ४८ हजारको मृत्यु



विश्वमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा १० हजार ४ सय बढीको मृत्यु भएसंगै मृतकको संख्या ३५ लाख ४८ हजार ४९१ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा विश्वम ४ लाख ८४ हजार ३ सय भन्दाबढीमा कोरोना संक्रमण पुष्टि छ । केही दिनयता विश्वभर कोरोना संक्रमण क्रमिक रूपमा घटिरहेको छ । त्यस्तै, संक्रमणबाट मृत्यु हुनेको संख्या पनि घटिरहेको छ । हालसम्म १७ करोड ६ लाख १८ हजार २२२ जनामा संक्रमण भएको छ ।

संक्रमितमध्ये १ करोड ४४ लाख २२ हजार भन्दाबढी भन्दाबढी सक्रिय संक्रिमतको संख्या रहेको छ । जसमध्ये ९२ हजार बढीको अवस्था गम्भीर रहेको छ । त्यस्तै, १५ करोड २५ लाख ८६ हजार ८४१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। विश्वभर एकैदिन ७ लाखभन्दा बढी कोरोना संक्रमणमुक्त भएका छन् ।

कोरोनाका कारण विश्वमा सबैभन्दा बढी प्रभावित भएको संयुक्त राज्य अमेरिकामा ६ लाख ९ हजार ४२१ जनाको मृत्यु भएको छ भने ३ करोड ४० लाख ३५ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएको छ ।

छिमेकी मुलुक भारतमा केही दिनयता संक्रमितको दैनिक वृद्धिमा कमी हुँदै गएको छ । पछिललो २४ घण्टामा भारतमा १ लाख ७४ हजार ४१ जनामा संक्रमण भएको छ भने ३ हजार ६१४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २ करोड ७८ लाख ९३ हजार ४७२ पुगेको छ भने ३ लाख २५ हजार ९९८ जनाको मृत्यु भएको छ । हालसम्म २ करोड ५४ लाख ५६ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी राजदूतले भने-स्वदेशी तथा विदेशी लगानी बढाउन नेपालको नीतिमा स्पष्टता जरुरी छ

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै पनि मुलुकको आर्थिक

हामी सरकार फेरबदलमा केन्द्रित नरहेको तर….

हेटौँडा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान व्यवस्था र संविधानको

इलाम–२ मा शान्तिपूर्ण रूपमा मतदान, ५७ प्रतिशत खस्यो मत

फिक्कल (इलाम) । इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको

कतारले युक्रेनी संसद्को मानवअधिकार आयुक्त कार्यालयलाई ३० लाख अमेरिकी डलर सहयोग गर्ने

  कतारले रुससँगको युद्धबाट प्रभावित परिवार र बालबालिकाहरूलाई सहयोग गर्ने उद्देश्यले प्रभावकारी सेवाहरू