कोभिडविरुद्धको खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन
काठमाडौं । सरकारले सबै नागरिकलाई शिघ्र खोप लगाउने व्यवस्था गरिएको जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै खोप खरिदका लागि २६ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका छन् । त्यस्तै अर्थमन्त्रीले कोभिड नियन्त्रणमा बजेट केन्द्रित, उपचार र खोप सुनिश्चितताका लागि बजेट कमी हुन नदिने प्रतिबद्धता पनि जनाएका छन् ।