हाकाहाकी ७० करोड घूस माग्नेलाई कारबाही भएन, होला त स्वास्थ्यकर्मी कुट्नेलाई कारबाही ?



नारायण गाउँले ।

-भरतपुरमा मतपत्र च्यात्नेहरूलाई कारबाही भयो होला भन्ने मान्नुभो होला, भएन । दुई तिहाइको नेकपाले उल्टै जिल्ला कमिटीमा मनोनीत गर्यो र तिनले कार्यकर्तालाई प्रशिक्षण दिए !

-हाकाहाकी घूस मागेको अडियो नै सार्वजनिक भएपछि गोकुल बाँस्कोटामाथि कारबाही भयो होला भन्ने ठान्नुभो होला, भएन । छानबिनसम्म्म भएन । तत्कालीन पार्टी नेता माधव नेपालले कम्तिमा पार्टीभित्रै भएपनि छानबिन गर्ने माग राख्दा, ओलीले ‘त्यो पर्दैन’ भनेको याद नै होला । ओलीले त बाँस्कोटाभन्दा एक कदम अगाडि बढेर भिडियो नक्कली भएको समेत उल्लेख गरे ।

-भूमाफियासँग पारिवारिक दोस्ती, बालुवाटार किन्न सक्ने हैसियत र प्रशस्त पुर्ख्यौली जग्गाजमीन भएर पनि विष्णु पौडेलले नक्कली सुकुम्बासी बनेर सरकारी जग्गा हत्याए । कारबाही भयो भन्ने लागेको होला, छानबिनसम्म्म भएन । उल्टै योग्यता न क्षमता, सिङ्गो अर्थमन्त्रालय उनकै हातमा दिएर पुरस्कृत गरियो ।

-वाइडबड़ीदेखि स्वास्थ्यसामग्री खरिदसम्म संसदीय समितिले नै अनियमितता भएको ठहर गरेर छानबिन एवं कारबाहीका लागि सिफारिश गर्यो । संसदीय व्यवस्थामा संसदीय समितिले नै निर्देशन दिएपछि भयो होला भन्ने ठान्नुभो होला । भएन ! प्रधानमन्त्री ओली आफैले अनियमितता नभएको बयान दिए !

-स्वास्थ्यकर्मीमाथि हातपात गर्ने आरोप लागेका मनुष्य पार्टीका स्थानीय नेता नै रहेछन् । कुरो बुझ्दा पटके रहेछन् । मुख्यमन्त्रीको खास मान्छे त उनी आफैले दाबी गरेका रहेछन्, विज्ञप्तिहरू हेर्दा उनको पहुँच बालुवाटारदेखि शीतलनिवाससम्म भएको बुझिन्छ । आशा गरौँ, ‘भावनात्मक उत्तेजना’ को आड़मा उनले सोझै सफाइ पाउने छैनन् र कम्तिमा वस्तुगत रूपमा छानबिन हुनेछ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियताका निम्ति स्वभीमानी नेपाली एक हुनुपर्छः भीम रावल

लमजुङ । भूमि जागरण अभियान नेपालका संयोजक  डा. भीम रावलले राष्ट्र र राष्ट्रियताका

चार्ल्स डार्विन र युक्रेन युद्ध

-डा. गोविन्दशरण उपाध्याय । बलिया देशले न सन्धि मान्छन् न सम्झौता नै, उनीहरू

स्वर्ग, नर्क, पाप-पुण्य हुन्छ कि हुँदैन ?

-डा. गोविन्दशरण उपाध्याय । दर्शनशास्त्रको कसौटीमा ईश्वर भेटिन्छ कि भेटिन्न, आत्मा भेटिन्छ कि

ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याउन लागेको आरोप लगाएपछि भएन खनिज सम्झौता

बीबीसी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सकारात्मक वार्तापछि शुक्रबार