काठमाडौँ । नेकपा एमालेका १५ स्थायी कमिटी सदस्यले प्रधानमन्त्री केपी ओलीको निरंकुश र प्रतिगामी कामकारबाहीकाविरुद्ध एकता र सहकार्यका साथ अग्रसर हुन आग्रह गरेका छन् ।
झलनाथ खनाल, माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, बेदुराम भुसाल र पदेन स्थायी कमिटी सदस्यद्वय अमृतकुमार बोहरा र प्रमेश हमालले बुधबार सयुक्त विज्ञप्ति जारी गरी यसका लागि आवश्यक कदम चाल्न तयार रहेको उल्लेख गरेका हुन् ।
उनीहरुले राष्ट्रियता, लोकतन्त्र र जनहितका लागि सबै लोकतन्त्रप्रेमी, देशभक्त, राजनीतिक दल एवम् जनसमुदायमा एक हुने बेला आएको पनि जनाएका छन् ।
पार्टीमा मात्र नभएर देशमा नै प्रधानमन्त्री केपी ओलीबाट विधि र पद्धतिविपरीतका क्रियाकलापहरु बढ्दै गएकाले संविधान, पार्टी विधान र पद्धतिको रक्षाको लागि पाइला चाल्नै पर्ने बाध्यात्मक स्थिति सिर्जना भएको उनीहरुको विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया