प्रधानमन्त्री र राष्ट्रपति मिलेर काम गर्ने हो भने देखिने परिवर्तन छिट्टै आउने रहेछ !



कालीप्रसाद बास्कोटा ।
सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले भन्नुभएजस्तै सामान्यतया उहाँको कार्यकाल भन्दा अगाडि धेरै नेपालीलाई ड्रोनको बारेमा थाहा थिएन, यो पक्कै हो धेरैलाई अझै पनि थाहा छैन, धेरैलाई त अझैसम्म मन्त्रीहरूको काम के हो भन्ने थाहा छैन, अनि त्यो थाहा हुनुको दोष कसको हो त्यो पनि थाहा छैन । उहाँको कार्यकालकै सेरोफेरोमा मलाई चाहिँ केही कुराहरू थाहा भयो तपाईंले थाहापाउनुभएको तपाई थप्नुस् है, यसो ज्ञान बाडौं ।

सामान्यतया उहाँ प्रधानमन्त्री हुनुभन्दा अगाडि धेरैलाई नेपालको चुच्चे नक्साको बारेमा जानकारी थिएन। अहिलेकोलाई थाहा भयो । तर कताकता हाम्रो प्रजातिको स्मरणशक्ति अलि कमजोर जस्तो भएको हुनाले भोलिकालाई थाहा नहुन पनि सक्ने रहेछ ।
नेपालमा पनि पानि जहाज, रेल र चुलो चुलोमा ग्याँसको पाइपलाइन सम्भव रहेछ ।

मन्त्रीज्यूको पनि फोनमा कुरा गर्दागर्दै मुखबाट कहिलेकाहीँ प्वाक्क छाडा फुत्किदो रहेछ । चुनावमा उठेर हारेको अरु पनि सांसद–मन्त्री हुन पाउने रहेछन् । (यो अलि अगाडि थाहा भएको ) मान्छेको मृगौला दुई दुई पटक पनि प्रत्यारोपण गर्न मिल्दोरहेछ, सबै कुरा मिल्ने हो या अथवा मिलाइने हो भनेदेखि त्यो नेपालमै निःशूल्क सम्भव रहेछ ।

प्रधानमन्त्री र राष्ट्रपति मिलेर काम गर्ने हो भने देखिने परिवर्तन छिट्टै आउने रहेछ । सामान्यतया जनताले भिडभाड गर्न नपाइने ठाउँमा नेताहरुले पाइने रहेछ ।

कार्यकर्ताहरुलाई आफूलाई मनपर्ने नेताको गफ, वेद पुराण, उपनिषद् कानुन र संविधान भन्दा पनि माथि लाग्ने रहेछ।
लेख्दै जानेहो भने त कति धेरै कुरा थाहा पाइने भैसकेछ । तपाईं यसो विचार गर्नोस् त के के थाहा पाउने हुनुभयो ?
बास्कोटाको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रूस र युक्रेनबीचको युद्ध अन्त्यका नाममा भएको अमेरिकी प्रयास विश्वशान्तिको उद्देश्यसँग जोडिएको देखिएनः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि

राष्ट्रियताका निम्ति स्वभीमानी नेपाली एक हुनुपर्छः भीम रावल

लमजुङ । भूमि जागरण अभियान नेपालका संयोजक  डा. भीम रावलले राष्ट्र र राष्ट्रियताका

चार्ल्स डार्विन र युक्रेन युद्ध

-डा. गोविन्दशरण उपाध्याय । बलिया देशले न सन्धि मान्छन् न सम्झौता नै, उनीहरू

स्वर्ग, नर्क, पाप-पुण्य हुन्छ कि हुँदैन ?

-डा. गोविन्दशरण उपाध्याय । दर्शनशास्त्रको कसौटीमा ईश्वर भेटिन्छ कि भेटिन्न, आत्मा भेटिन्छ कि