जनताले आफ्नो धैर्यताको सीमा तोड्ने बेला आएन र ?



रेखा थापा ।
देश कोरोनाको वैश्विक महामारी कहाली लाग्दो आतंकमा परेको छ । मानवजाति र महामारी बीचको लडाईंमा आ–आफ्नो राजनीतिक स्वार्थका रोटी सेक्ने लाजमर्दो दौडधुप पनि चलेकै छ । नागरिकको जीवन रक्षा गर्नको लागि सबै दलले भोट र विश्वाश त पाएकै छन (आकार फरक होला)। प्रधानमन्त्री फेरिएर कोरोना भाग्ने होइन होला र अर्को सरकार वा चुनाव भएर पनि जमिनी यथार्त फेरिँदैनन् । हामी नेपाली र यो राजनीतिले आफूलाई मात्र केन्द्रमा राखेर सोच्ने, बोल्ने र तर्क गरुन्जेल आमजनता सधैं निरिह रैति मात्र हुने भए ।

यस्तो बेलामा पदको पछाडि होइन आफूले पाएको मत र मतदाता बचाउने जिम्मेवारीमा अगाडि उभिनु पर्ने होइन र ? लाखौं मान्छेले मत दिएका माननीय अनी पार्टीहरु– गुनासो र गाली गर्ने चौतारो हुन् ? लाशहरुले पनि हृदय नछुने पापी व्यवस्थामा अब राजनीति झन् घृणित हुने देखिन्छ । यिनी अनुहार सिंहदरबार छिरेको कति बर्ष भयो ? जनताको रक्षाको लागि यिनीहरुले आफ्नो आफ्नो पालामा के के गरेका थिए ? अस्पताल र स्वास्थ्य प्रणाली यस्तो बनाउन को को जिम्मेवार छन् ? हिसाव व्यक्ति र व्यवस्था दुईटैको हुनुपर्छ । जनताले आफ्नो धैर्यताको सीमा तोड्ने बेला आएन र ???????

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियताका निम्ति स्वभीमानी नेपाली एक हुनुपर्छः भीम रावल

लमजुङ । भूमि जागरण अभियान नेपालका संयोजक  डा. भीम रावलले राष्ट्र र राष्ट्रियताका

चार्ल्स डार्विन र युक्रेन युद्ध

-डा. गोविन्दशरण उपाध्याय । बलिया देशले न सन्धि मान्छन् न सम्झौता नै, उनीहरू

स्वर्ग, नर्क, पाप-पुण्य हुन्छ कि हुँदैन ?

-डा. गोविन्दशरण उपाध्याय । दर्शनशास्त्रको कसौटीमा ईश्वर भेटिन्छ कि भेटिन्न, आत्मा भेटिन्छ कि

ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याउन लागेको आरोप लगाएपछि भएन खनिज सम्झौता

बीबीसी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सकारात्मक वार्तापछि शुक्रबार