काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सही गन्तब्यमा नपुर्याएको बताएका छन् ।
शनिबार एमाले स्थायी कमिटी बैठकले माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोधेको भोलिपल्ट आइतबार सामाजिक संजालमार्फत भट्टराईले सबैले आफ्नो बिगतलाई हेर्नुपर्ने बताएका हुन् ।
उनले लेखेका छन्, ‘कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सही गन्तब्यमा पुर्याएको छैन र पुर्याउँदैन पनि । पौराणिक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यही हो । सबैले आफ्नो बिगतलाई हेरौं । धैर्य गरौ, संवाद गरौं ।’
माधव नेपाल पक्षमा रहेका भट्टराईले नेपाल पक्ष छाडेको बताइन्छ । उनले संविधानको धारा ७५(५)को सरकार गठनका बेला कांग्रेस सभापति देउवाको पक्षमा हस्ताक्षर गरेका थिएनन् ।


प्रतिक्रिया