काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले सत्ताधारी वर्गले आफ्नो ऐतिहासिक वैधता गुमाउँदै गएपछि नागरिकलाई भ्रमित पार्न अनेक प्रयत्न गर्ने बताएका छन् ।
पार्टीभित्र पुनः विवाद उत्कर्षमा पुगेपछि र माधवकुमार नेपालसहित ११ नेतालाई तेस्रोपटक स्पष्टीकरण थमाइएपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।
उनले भनेका छन्, ‘सत्ताधारी वर्गले आफ्नो ऐतिहासिक वैधता गुमाउँदै गएपछि नागरिकलाई भ्रमित पारेर, उनीहरुको पङ्तिमा विभाजन देखाएर, कसैलाई तर्साएर र अरुलाई किनेर, कतिलाई मानपदवी दिएर, कैयनलाई बदनाम गरेर समाजमा नक्कली वैधता सिर्जना गर्न अनेक प्रयत्न गर्छ । वास्तवमा परिणाम विपरित हुन्छ ।’
भुसालले सत्ताधारीले जतिजति त्यस्तो चर्तिकला देखाउँदै जान्छ क्रान्तिले वैधता पाउने बताएका छन् । उनले भने,‘उसले जति जति त्यस्तो चर्तिकला देखाउँदै जान्छ क्रान्तिले वैधता पाउँदै जान्छ । सत्ताले समस्या व्यक्तिमा देख्छ र साम, दान, दण्ड, भेदजस्ता समाधानका उपायहरु अपनाउँछ । यसबारे माक्र्सको निष्कर्ष के छ भने समस्या केवल व्यक्ति वा व्यक्तिहरुको होइन बरु त्यस्ता व्यक्ति जन्मिने वस्तुगत अवस्थाको हो । अथवा यसरी भनौँ – राजनीतिक समस्याको समाधान अराजनीतिक छक्कापञ्जाले गथ्र्यो भने आजका विश्व विद्यालयहरुमा मुख्यरुपले छक्कापञ्जाशास्त्र कै पढाई हुन्थ्यो ।’

प्रतिक्रिया