थप ८५९१ जनामा कोरोना संक्रमण, ८८४८ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ८५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८५९१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०५६४३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ८८४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३८३६८४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२९ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६१५३ पुगेको छ । आइसोलेसनमा ११५८०६ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै क्वारेन्टाइनमा ८६६ जना रहेका मन्त्रालयले जनाएको छ ।