काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति र प्रधानमन्त्रीको कदमले एउटा अँध्यारो युगको सुरुवात भएको बताएकी छन् । शनिबार सामाजिक संजालमार्फत झाँक्रीले आफूहरु अन्तिम समयसम्म संसद जोगाउन लागेपनि खराब नियतिका मान्छेहरूको षड्यन्त्रको सामु केही नलागेको बताएकी हुन् ।
उनले लेखेकी हुन्, ‘एउटा अँध्यारो युगको सुरूवात ! हामी अन्तिम समयसम्म संसद जोगाउन चाहान्थ्यौँ। खराब नियतिका मान्छेहरूको षड्यन्त्रको सामु केही लागेन । यस्तो डरलाग्दो महामारीमा जनता खोप, अस्पताल, औषधि, वेड, अक्सिजन, आइसियू, भेन्टिलेटर नपाएर छटपटाई छटपटाई दैनिक दुई सय भन्दा बढीले ज्यान गुमाउनु परेको छ । यो सत्ताको अपराधिकरण हो । यस्तो बेला चाहिएको छ महाराज महारानीलाई चुनाव ? जनताले हिसाबकिताब त पक्कै राख्नेछन् ।’


प्रतिक्रिया