काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्रीका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैले पेश गरेको दाबी नपुगेको ठहर गरेकी छन् । राष्ट्रपति कार्यालयले शुक्रबार मध्यराति विज्ञप्ति जारी गरी प्रधानमन्त्रीका दुवै दाबेदारले पेश गरेको दाबीमा आधार नपुगेको जनाएको छ ।




प्रतिक्रिया