काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले नगरिकताबारे संविधान सभामा धेरै बहस भई संविधानमा लेखिएको भन्दा फरक किसिमले जानु नेपाल र नेपालीको हित विरूद्ध भएको बताएका छन् ।
शुक्रबार सामाजिक संजालमार्फत रावलले नागरिकता देशको अस्मिता र अस्तित्वसँग गाँसिएको विषय भएकाले यसलाई कुर्सीको खेलसँग कदापि जोड्न नहुने बताएका हुन् ।
उनले लेखेका छन्, ‘नेपालको संविधानको धारा ७६(४)ऐच्छिक होइन बाध्यकारी हो । यसलाई छल्न मिल्दैन । नागरिकता देशको अस्मिता र अस्तित्वसँग गाँसिएको विषय हो । यसलाई कुर्सीको खेलसँग कदापि जोड्नु हुन्न । नगरिकताबारे संविधानसभामा धेरै बहस भई संविधानमा लेखिएको भन्दा फरक किसमले जानु नेपाल र नेपालीको हित विरूद्ध हुन्छ ।’


प्रतिक्रिया