व्यवस्थालाई बारम्बार हि: हि: गरेर उडाउँदा कत्ति पनि ग्लानि नहुने किन होला ?



नारायण गाउँले ।

हुँदा हुँदा नयाँ प्रधानमन्त्री छान्ने निर्णय र प्रक्रिया पनि ओली आफैले नै सुरु गरेछन् । ओलीको निर्देशन अनुसार राष्ट्रपतिले सूचना जारी गरिछन् ।

राष्ट्रपति भन्ने संस्थाले यसरी घोषित रूपमैं संविधान र आफ्नो कर्तव्य बिर्सेर लाचार छायाँ बनेको किन होला ?
दुई जना मिलेपछि जे गरे पनि हुन्छ भन्ने लागेको हो कि ?

प्रधानमन्त्रीले राजीनामा दिएपछि राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नुपर्ने होइन ? के यो काम मन्त्रिपरिषदको हो ? त्यो पनि घण्टा र मिनेट तोकेर ?

व्यवस्था र प्रक्रियाका लागि भनेर दशकौं आन्दोलन गर्ने, देशलाई बर्सौं पछाडि धकेल्ने, अनि बल्लबल्ल बन्न लागेको व्यवस्थालाई बारम्बार हि: हि: गरेर उडाउँदा कत्ति पनि ग्लानि नहुने किन होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रूस र युक्रेनबीचको युद्ध अन्त्यका नाममा भएको अमेरिकी प्रयास विश्वशान्तिको उद्देश्यसँग जोडिएको देखिएनः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि

राष्ट्रियताका निम्ति स्वभीमानी नेपाली एक हुनुपर्छः भीम रावल

लमजुङ । भूमि जागरण अभियान नेपालका संयोजक  डा. भीम रावलले राष्ट्र र राष्ट्रियताका

चार्ल्स डार्विन र युक्रेन युद्ध

-डा. गोविन्दशरण उपाध्याय । बलिया देशले न सन्धि मान्छन् न सम्झौता नै, उनीहरू

स्वर्ग, नर्क, पाप-पुण्य हुन्छ कि हुँदैन ?

-डा. गोविन्दशरण उपाध्याय । दर्शनशास्त्रको कसौटीमा ईश्वर भेटिन्छ कि भेटिन्न, आत्मा भेटिन्छ कि