काठमाडौं । प्रधानमन्त्रीले राजीनामा नदिई वैकल्पिक सरकार गठनका लागि रास्ट्रपतिले २१ घण्टाको समय दिएको भन्दै सर्वत्र आलोचना भएको छ । सामाजिक संजालमा रास्ट्रपतिको कदमको आलोचना भएको हो ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले रास्ट्रपति भवनमा मेरो देशको रास्ट्रपति बस्नुहुन्छ कि केवल विद्या भण्डारी बस्नुहुन्छ ? भन्दै प्रश्न गरेका छन् ।
उनले लेखेका छन्, ‘राष्ट्रपति भवनमा मेरो देशको राष्ट्रपति बस्नुहुन्छ कि केवल विद्या भण्डारी बस्नुहुन्छ ? प्रधानमन्त्रीको प्रस्ताव परिपक्व हुन समय किन चाहिएन ? संस्था सेरोमोनियल हुनु र खल्तिको हुनु एउटै हो ? संविधान छल्ने र संसदलाई प्रयोजनही’न बनाउने संयुक्त षड्यन्त्र आपत्तिजनक छ !’


प्रतिक्रिया