रामकुमारी झाँक्री ।
संविधानको धारा ७६(३) को प्रधानमन्त्रीले ३० दिन भित्र अनिवार्य ७६(४) अनुसार विश्वासको मत लिनुपर्छ । यदि प्रधानमन्त्रीलाई संसदले विश्वासको मत दिन्न भन्ने लाग्छ भने प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ । र बल्ल अर्को सरकार बन्ने आधार बन्छ।
एउटा प्रधानमन्त्री हुँदाहुँदै अर्को सरकारको आह्वान गर्नु राष्ट्रपतिले पदीय मर्यादा कायम गर्न नसक्नु हो, संविधानको उल्लंघन हो । संविधानको व्यवस्था कुल्चने अधिकार न राष्ट्रपतिलाई छ न प्रधानमन्त्रीलाई । हाम्रो देशको राष्ट्रप्रमुख संविधानको संरक्षक र कानुनको परिपालक हो।
संसदबाट अर्को सरकार बन्ने अवसर समेत नदिई मिलेमतोमा संसद विघटन र मध्यावधि चुनाव गर्न चाहने प्रधानमन्त्रीको कदम यो महामारीमा खोप, अस्पताल, औषधि, बेड, अक्सिजन, आइसियू, भेन्टिलेटर नपाएका जनताको पीडा कहाँ जोडिन्छ ? महामारीमा मध्यावधि चुनाव गर्ने हो कि ? जनताको स्वास्थ्यमा ध्यान दिने हो ? जवाफदेही हुनुपर्दैन ?

प्रतिक्रिया