कोरोना संक्रमणबाट थप २४६ जनाको मृत्यु, ७९८९ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ८०६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८०६४ जनामा र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा थप १९८८ जनामा, भक्तपुरमा २२८ र ललितपुरमा २७० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ७९८९ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २४६ जनाको मृत्यु भएको छ । क्वारेन्टाइनमा ८५४ जना रहेका मन्त्रालयले जनाएको छ ।