काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटमा फस्दै गएको बताएका छन् । मंगलबार ट्वीट गर्दै भट्टराईले कोरोना महामारी र अन्त्यहीन राजनीतिक गतिरोधका कारण देश गम्भीर संकटमा फस्दै गएको बताएका हुन् ।
उनले लेखेका छन्, ‘देश गम्भीर संकटमा फस्दैछ । एकातिर कोरोना महामारी, अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोध ! न ओली सरकारले नीति/कार्यक्रम र बजेट पास गर्न सक्छ; न वैकल्पिक सरकार बन्न ! संविधानका स्तम्भ एकएक गरी ढल्दैछन् ! सबै पार्टी/नेता निरीह ! सर्पको मुखका भ्यागुता ! अनि राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ ?’


प्रतिक्रिया