थप ७३१६ जनामा कोरोना संक्रमण, ६६४८ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ७३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा १९५०० जनामा गरिएको पीसीआर परीक्षणमा थप ७३१६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४५ जनाको मृत्यु भएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप ६६४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । आइसोलेसनमा ११०२६३ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै क्वारेन्टाइनमा ७०१ जना रहेका मन्त्रालयले जनाएको छ ।