विवाद समाधानका लागि नेपाल र ओली पक्षको पाँच-पाँच सदस्यीय कार्यदल गठन


काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधानका लागि कार्यदल गठन गरिएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार सिंहदरबारमा भएको छलफलपछि नेताहरु सुवास नेम्वाङ र डा. भीम रावलको नेतृत्वमा कार्यदल गठन गरिएको हो ।

कार्यदलमा दुवै पक्षबाट पाँच–पाँचजन सदस्य रहेका छन् । कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् ।

त्यस्तै, नेपाल पक्षबाट रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका नेता नेपालले जानकारी दिएका छन् । कार्यदललाई तीन दिनभित्र काम सक्न निर्देशन दिइएको छ । गत शुक्रबार दुवैतर्फका नेतासहित छलफल गरेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले आज त्यसैलाई निरन्तरता दिँदै कार्यदल सदस्यको टुंगो लगाएका हुन् ।

गत शुक्रबार सिंहदरबारमा भएको वार्तामा जेठ २ लाई आधार बनाएर पार्टीभित्रका समस्या समाधान गर्ने सहमति भएको थियो ।