मानवता नै नभएकाहरुमा समानुभूतिको भाव हुने त कुरै भएन



रवीन्द्र मिश्र ।
संघीयता चाहिएको स्थानीय सुशासन, विकास र सशक्तिकरणका लागि हो। देश महाव्याधीको महासंकटमा छ। तर यो संकटका बेला हरेक नागरिकले औषधि, अक्सिजन, अस्पताल, बेड, खाना, नाना, पैसा सबै आफैँ जोहो गर्नु परेको छ ।

शीर्ष भनिने नेताहरू सरकार जोगाउने र ढलाउने कोठे संवादमा व्यस्त छन्। बाहिर जनता मरिरहेका छन्। मानवता नै नभएकाहरुमा समानुभूतिको भाव हुने त कुरै भएन। तर “भोलि  फेरि जनअनुमोदित हुने त हामी नै हौँ“ भन्नेमा उनीहरू ढुक्क छन् ।

होली वाइनले नुहाउँदा, सबै सफा नै रहे। ओम्नी, यती, बालुवाटार, लाउडा, धमिजा, सांसद किनबेच जस्ता काण्डले थिच्दा सबै मुस्कुराउँदै तंग्रिए। संविधान कुल्चिँदा, संविधानमाथि उनीहरू नै शानका साथ उभिए। ताली बजाइदिनेहरूको कमि नभएपछि कु–पथमा हिँडिरहेकाहरूलाई सपथका शब्द अटेर गर्दा के नै फरक पथ्र्यो र ?

यिनले जनताको, एउटा पुस्ताको मात्र होइन, सिँगो देशको र देशको भविष्यको नै हुर्मत लिइरहेका छन् । संघीयता केका लागि हो ? स्थानीय सरकार केका लागि हो ? हजारौँ स्थानीय जनप्रतिनिधिको व्यापार, व्यावसाय र कमिशन बढाउन ? सिंहदरबारको भ्रष्टाचार गाउँगाउँ पुर्याउन?
संकेत शुभ छैनन् । समयमैँ चेतना भया !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार्ल्स डार्विन र युक्रेन युद्ध

-डा. गोविन्दशरण उपाध्याय । बलिया देशले न सन्धि मान्छन् न सम्झौता नै, उनीहरू

कानुनी प्रक्रिया पूरा नगरेका बर्दिवासका पाँच वटा स्वास्थ्य संस्था तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

महोत्तरी । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बर्दिवासमा रहेका अस्पताल र स्वास्थ्य संस्थाको

स्वर्ग, नर्क, पाप-पुण्य हुन्छ कि हुँदैन ?

-डा. गोविन्दशरण उपाध्याय । दर्शनशास्त्रको कसौटीमा ईश्वर भेटिन्छ कि भेटिन्न, आत्मा भेटिन्छ कि

ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याउन लागेको आरोप लगाएपछि भएन खनिज सम्झौता

बीबीसी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सकारात्मक वार्तापछि शुक्रबार