एमालेको वार्ता सकारात्मक, कार्यदल बनाउने जिम्मा ओली र नेपाललाई



काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि शुक्रबार साँझको छलफल सकारात्मक भएको नेताहरुले बताएका छन् । करिव तीन घण्टा चलेको वार्तामा पार्टीलाई एकतावद्ध बनाउने विषयमा सौहर्दपूर्ण वातावरणमा छलफल भएको एमाले नेता रघुजी पन्तले जानकारी दिए ।

उपाध्यक्ष डा. भीम रावलले पार्टीको एकता कायम राख्नका लागि गम्भीरतापूर्वक छलफल भएको बताए । उनले २०७५ जेठ २ गते अघिको कुरालाई आधार मानेर अघि बढ्ने गरी छलफल अघि बढाइएको भन्दै त्यसका लागि कार्यदल बनाउने निर्णय भएको जानकारी दिए । कार्यदल बनाउने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई दिएको उनले बताए ।

छलफलमा अध्यक्ष ओलीका साथै ईश्वर पोखरेल, विष्णु पौडेल, रामबहादुर थापा, सुवास नेम्वाङ, शंकर पोखरेल, विष्णु रिमाल थिए । त्यस्तै नेपालपक्षबाट नेता नेपालसहित डा. भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी थिए ।

ओलीसँगको वार्ताअघि नेता नेपालले आफू निकट केन्द्रीय सदस्यहरुलाई भर्चुअल बैठकमा पछिल्लो सहमतिबारे जानकारी गराएका थिए । ओली र नेता नेपालबीच बिहीबार पनि छलफल भएको थियो । बूढानीलकण्ठस्थित एक व्यापारीको घरमा भएको वार्ताले पार्टीको विवाद समाधानका लागि कार्यदल बनाउने समझदारी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘शेरा दरवार’ जग्गा प्रकरणमा प्रचण्डको नाम जोडेर प्रचार गरिएको भन्दै माओवादीको आपत्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रले नुवाकोटको शेरा दरबार जग्गा प्रकरणमा जोडिएका विकेश श्रेष्ठ

देशलाई सही मार्गमा ल्याउन अब नयाँ निकास आवश्यकः राप्रपा पूर्वअध्यक्ष लोहनी

नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सत्तासीन पार्टीहरूको

प्रमुख निर्वाचन आयुक्तका नजरमा जिमी कार्टर

  काठमाडौँ । नेपालको लोकतन्त्र र निर्वाचन प्रक्रियामा सहयोग पुर्याउँदै आएको कार्टर सेन्टरका

प्रधानमन्त्रीलाई कप्तान चेम्जोङको आग्रहः एएफसी एसिया कपको छनोट खेल नेपालमै आयोजना गर्न पहल होस्

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग