मेरो उम्मेदवारी फिर्ता कल्पना भन्दा बाहिरको विषयः खिमलाल देवकोटा



काठमाडौँ । वाग्मती प्रदेश राष्ट्रिय सभा सदस्यका उम्मेदवार डा. खिमलाल देवाकोटाले आफ्नो उम्मेदवारी फिर्ता नहुने बताएका हुन् । बिहीबार माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गरेपछि देवकोटाको उम्मेदवारी के हुन्छ भन्ने प्रश्न उठिरहेका बेला उनले उम्मेदवारी फिर्ता नहुने बताएका हुन् ।

राजनीतिक स्थिरता, संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणलगायतका लागि राजनीतिक दलहरु विभाजित हुन नहुने उल्लेख गर्दै उनले आफ्नो उम्मेदवारी कल्पनाभन्दा बाहिरको कुरा भएको बताएका छन् ।

देवकोटा नेकपा एमाले खनाल–नेपाल पक्ष, नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका तर्फबाट संयुक्त उम्मेदवार हुन् । विभाजनउन्मुख भएका बेला नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा दुई जना उम्मेदवार उठाइएको थियो । गृहमन्त्री रामबहादुर थापालाई नेकपा एमालेले आधिकारिक उम्मेदवारका रुपमा उठाएको छ ।

यस्तो छ देवकोटाको विज्ञप्ति

२०७८ वैशाख ३० गते भएको राजनीतिक घटनाक्रम पछि मेरा आदरणीय अभिभावक, शुभचिन्तक एवं मतदाताज्यूहरुले मेरो उम्मेदवारी प्रति जिज्ञासा राख्नु स्वभाविक नै हो । मुलुकको राजनीतिक स्थिरता, संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण लगायतका लागि राजनीतिक दलहरु विभाजित हुनु हुँदैन ।

राजनीतिक पार्टी नीति, विधी र पद्धतीमा चल्नु पर्दछ, । यसमा विवाद हुन सक्दैन । तर, मुलुकका प्रमुख राजनीतिक दल नेपाली काँग्रस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी लगायत अन्य दलहरुको समर्थन र सहयोगबाट मैले उम्मेदवारी दिएको स्थितीमा यसमा पुर्नविचार गर्ने कुरा कल्पना भन्दा वाहिरको विषय हो ।

निष्ठा र ईमान्दारिताको राजनीति प्रति मेरो गहिरो लगाव छ । राजनीतिक दलहरुले म प्रति गर्नुभएको विश्वाश र भरोसाप्रति उच्च सम्मान व्यक्त गर्दछु । संविधानप्रदत स्थानीय र प्रदेशका अधिकारहरु विना व्यवधान कार्यान्वयन हुनुपर्दछ भन्ने मान्यतामा म दृढ छु । मेरो उम्मेदवारी पनि यही विचारबाट अभिप्रेरित छ ।

नेकपा एमालेका नेता कार्यकर्ता लगायत सवै राजनीतिक दलहरुले म प्रति पूर्ण विश्वास र सदभाव राख्नु भएको अवस्थामा मेरो उम्मेदवारी प्रति म प्रतिवद्ध छु । तर्सथ सवै मतदाताहरुमा उत्साहका साथ चुनावमा सहभागी भई मेरो चुनाव चिन्ह कलममा मतदान गर्नु हुन सादर अनुरोध गर्दछु ।
हार्दिक कृतज्ञता सहित ।
डा. खिमलाल देवकोटा
राष्ट्रिय सभा सदस्य पदको उम्मेदवार ।
वागमती प्रदेश ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
देशमा क्रमशः आर्थिक–सामाजिक विकास हुँदैछः प्रधानमन्त्री ओली

सुनसरी । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक व्यवस्थामा भएको परिवर्तनपछि आर्थिक–सामाजिक क्षेत्रमा

पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने

अशोक घिमिरे, काठमाडौँ  । नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि

पहिलो संस्करणको एनपीएलको उपाधि जनकपुर बोल्ट्सलाई

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले

राजनीतिक स्थीरता र स्थायीत्वका लागि अहिलेको सरकारः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको अवस्थामा सुधार ल्याउन