सरकारको अकर्मन्यताका कारण कोरोना संक्रमितको मृत्युः देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको लापरवाहीले अक्सिजन अभावमा कोरोना संक्रमितहरुको मृत्यु भइरहेको बताएका छन् । शुक्रबार विज्ञप्ति जारी गरी सभापति देउवाले आइसियू, भेन्टिलेटर र अक्सिजनको व्यवस्थापन गर्न सरकारले नसक्दा अनाहकमा विरामीको ज्यान गउको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारको चरम लापरवाही, असंवेदनशीलता र अकर्मन्यताका कारण बढ्दो संक्रमणसँगै आइसियू बेड, भेन्टिलेटर र अक्सिजनको अभावमा मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दो छ ।’ साथै देउवाले इद–उल–फित्रको अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना पनि दिएका छन्।