काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल, डा. भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको स्थायी कमिटी बैठकले निलम्बन फुकुवा गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिएका छन् ।
त्यस्तै बैठकले वरिष्ठ नेता नेपाललगायत असन्तुष्ट नेताहरूको मागको सम्बोधनलगायतका कुरा गर्न पार्टी अध्यक्ष केपी ओलीलाई जिम्मा दिने निर्णय पनि गरेको छ । सर्वोच्च अदालतको आदेशमा नेकपाबाट छुट्टिएर नेकपा एमाले भएपछि समानान्तर गतिविधि गरेको र पार्टी निर्देशन उल्लंङ्घन गरेको भन्दै यसअघि उनीहरुलाई ओलीले पार्टीबाट निलम्बन गरेका थिए ।
अहिले आफू अफ्ठ्यारोमा परेपछि उनले कारबाही फिर्ता लिएका हुन् । यो निर्णयलाई पनि विवाद समाधान भन्दा पनि ओलीले आफू सत्तामा रहिरहनका लागि गरिको आँकलन गरिएको छ ।

प्रतिक्रिया