गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए पदबाट राजीनामा


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु एकदिन अघि मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।

गुरुङमाथि प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची थियो । तर त्यसको एकदिन अघिनै गुरुङले राजीनामा दिएका छन् ।

यसअघि संसद चलिरहेको अवस्थामा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएकाले बैठक स्थगित गरी खोजी गरिदिन सांसद प्यारी थापाले निवेदन दिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । त्यसपछि दलहरुबीच असन्तुष्टि बढेपछि प्रदेश सभा बस्न सकेको थिएन ।