वीर अस्पतालको नयाँ भवनलाई केन्द्रीय कोरोना अस्पताल बनाउने मन्त्रिपरिषद बैठकको निर्णय
काठमाडौँ । सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई सुरुवातमा ५ सय शय्याको युनिफाईड कोभिड अस्पताल बनाउने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
उनले पाँच सय शय्याबाट सुरु हुने र पछि विस्तार गरिने बताए । परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार त्यस कोभिड अस्पतालले देशभरिका कोरोना अस्पतालको नेतृत्व गर्नेछ । यसअघि सीसीएमसीको बैठकले पनि वीर अस्पतलालको नयाँ भवनलाई कोभिड–१९ युनिफाइड अस्पताल बनाउनका लागि सिफारिस गरेको थियो ।