अक्सिजन अभाव भएको भन्दै काठमाडौँका चार अस्पतालले गरे कोरोना संक्रमितको उपचार नगर्ने घोषणा



काठमाडौं । अक्सिजन अभाव भएको भन्दै काठमाडौँका चार वटा अस्पतालले कोरोना संक्रमित बिरामीलाई भर्ना गर्न नसकिने बताएका छन् ।

मेडिकेयर अस्पताल, नेपाल भारत मैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टर तथा हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालले शनिबार संयुक्तरुपमा विज्ञप्ति जारी गरी अक्सिजन अभाव भएको भन्दै संक्रमितको उपचार गर्न नसक्ने घोषणा गरेका हुन् ।

अस्पताल संचालकहरुले नियमित आपूर्ति तथा अक्सिजनको वैकल्पिक व्यवस्था गर्न असहज भएका कारण कोरोना संक्रमणका बिरामीलाई भर्ना गरी उपचारमा निरन्तरता दिन नसक्ने बताएका हुन् । उनीहरुले अक्सिजनको नियमित आपूर्ति नभएसम्म सीमित शैया मात्र संचालनमा ल्याइ सेवा सेवा प्रदान गरिने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार