१२ देखि १५ वर्षका बालबालिकाको लागि खोप बनाउने काम अन्तिम चरणमा
डा. रवीन्द्र पाण्डे ।
खोपबारे नयाँ अपडेट
.
– फाइजर कम्पनीले १२ बर्षदेखि १५ बर्षका बालबालिकाको लागि खोप बनाउने काम अन्तिम चरणमा पुगेको छ । कम्पनीले उक्त खोप १०० % प्रभावकारी र सुरक्षित रहेको क्लिनिकल ट्र्यालले प्रमाणित गरेको बताएको छ । अर्को महिनादेखि १२ बर्षमाथिका बालबालिकाको लागि यो खोप उपलब्ध हुने बताइएको छ । २२६० बालबालिकामा गरिएको परीक्षणमा यो नतिजा आएको हो । त्यस्तै २ बर्षमाथिका बालबालिकाको लागि आगामी सेप्टेम्बरसम्म बिकास हुने बताएको छ ।
.
– फाइजरले ६ महिनामा नयाँ प्रजाति समेटेर तेस्रो मात्रा बुस्टर डोज लागाउने भएको छ ।
.
– रुसले सपुत्निक भी सिंगल डोज भ्याक्सिन बिकास गरेको छ । त्यसलाई सपुत्निक लाइट नाम दिइएको छ । उत्पादक कम्पनीले गरेको क्लिनिकल ट्र्याल अनुसार यो खोप ७९.४ % प्रभावकारी भएको ग्यामलेयिया इन्स्टिच्युटले बताएको छ ।
.
– एकपटक संक्रमित भएका व्यक्तिलाई एक मात्रा मात्र खोप दिए पुग्छ । दुई मात्रा आबश्यक पर्दैन ।
.
– नयाँ भेरिएन्टले संक्रमण भएका व्यक्तिले ३ महिनापछि मात्र खोप लगाउनु पर्दछ । पहिले लगाउनु आबश्यक छैन ।