बुटवल । आइतबार अविश्वासको प्रस्तावको पक्षमा हस्ताक्षर गरेका भनिएका स्वतन्त्र सांसदले आफूहरु एमालेकै साथमा रहेको बताएका छन् । कपिलवस्तुका धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासीका अजय बहादुर शाहीले सोमबार विज्ञप्ति जारी हिजो भुलबस कुलप्रसाद केसीको समर्थनमा लागेको बताएका छन् ।
उनीहरुले त्यसलाई सच्याएर आफूहरु निर्वाचनमा साथ दिएको एमालेकै पक्षमा लागेको बताएका छन् । आइतबार उनीहरुले नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीको पक्षमा हस्ताक्षर गरेका थिए ।
सूर्य चुनाव चिन्ह लिएर निर्वाचित भएका दृगनारायण पाण्डेयले भने प्रदेशसभा सचिवालयमा राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भइसकेको छ ।


प्रतिक्रिया