कोभिड भन्दा समाचारको प्रस्तुती ज्यानमारा !



डा. गोविन्दशरण उपाध्याय ।
भारतीय जनतालाई कोभिडले निकै दुःख दिएको खवर त्यहाँका संचारमाध्यमहरूले “सनसनी र अत्यासलाग्दो“ तरिकाले प्रस्तुत गरिरहेका छन् । ती समाचारहरूले कोरोनाको डरलाई धेरै बढाएको छ । त्यहाँका १५ करोड भन्दाबढी जनताले कोभिडको खोप प्राप्त गरिसकेका छन् भने आजको मितिले १५ दिन भित्र अरू २० करोड जनताले खोप प्राप्त गर्नेछन् । करोडौं भारतीय जनता निको भएर घर फर्केका छन् । संक्रमण तीब्र छ र मर्नेहरूको तुलनामा जित्नेहरू धेरै छन् ।

नेपाली मिडियाहरूले पनि भारतीय च्यानलहरूको सिको गर्दै अस्पताल–अस्पताल चाहर्दै “डरलाग्दा“ रिपोर्टहरू देखाउने क्रम बढाएका छन् । २० लाख नेपाली जनताले खोप प्राप्त गरिसकेका छन् भने चाँडैनै अरू २० लाख जनताले खोप प्राप्त गर्दैछन् । नेपालमा पनि मर्नेहरूका तुलनामा कोरोनालाई जित्नेहरू बढी छन् ।

आफन्तको ज्यान गुमाएका परिवारको क्षतिपूर्ति कसैले गर्न सक्दैन तर क्षतिमा, समस्यामा फोकस गर्नुको सट्टा निदानमा फोकस गर्नुपर्छ । सबै गतिविधि छोडर स्वास्थ्यको रक्षा गर्न घरभित्र बसेकाहरूलाई “त्रासदीपूर्ण समाचार“ पस्केर घरभित्र पनि मन विगारेर वस्ने बनाउनु अपराध हो ।

कोभिड ज्यानमारा रोग हो तर समाचारको प्रस्तुतिले गर्दा डराएर, हतास भएर, आत्तिएर मर्नेहरूको सङ्ख्या अझैं बढी हुन्छ । सरकारले, चिकित्सकहरूले, नर्सहरूले, स्वयंसेवक र नागरिकहरूले कोभिड नियन्त्रणका लागि अहोरात्र गरेका परिश्रमको पनि समाचार बनाऔं । कोभिडलाई जितेर घर फर्केका असंख्य मान्छेहरूको समाचार बनोस् । समाचार डर बन्नु हुँदैन ।

यी असीनाझैं वर्सिरहने समाचार सुन्नु, हेर्नु र पढ्नु भन्दा बरू किताव पढेर बस्छु, श्रीमतीसँग गफगर्छु, छोराछोरीसँग जिस्किन्छु, शारीरिक व्यायाम गर्छु, ध्यान नलागे पनि ध्यान गरेको नक्कल पार्छु, कम्प्युटरमा लुडो र चेस खेल्छु, छोरोसँगै जम्पिङ गर्छु, मन्त्र जप गर्छु, भजन–गीत सुन्छु । म दैनिक केवल १५ मिनट समाचार हेर्छु, त्यो पनि सरकारी च्यानल वा रेडियो नै हेर्छु । म मेरो परिवारलाई डर, त्रास र निराशाबाट मुक्त राख्न चाहन्छु । तपाईं के गर्नुहुन्छ नि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टुँडिखेलमा १० क्षेत्र र २९ पेशासँग सम्बन्धित निःशुल्क ‘सिपमूलक तालिम’ सुरु(फोटोफिचर)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘विश्व मजदुर दिवस’ को अवसर पारेर बुधबारदेखि टुँडिखेलमा ‘सिप

३९ जिल्लाका एक सय ६५ स्थानमा डढेलो, तत्काल डढेलो नियन्त्रण हुने किसिमको वर्षाको सम्भावना कम

  प्रगति ढकाल, काठमाडौँ ।  देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ

२८ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता आफ्नै कीर्तिमान तोड्ने तरखरमा

सिबी अधिकारी, काठमाडौँ  ।सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पा

सशस्त्र प्रहरीका १६ डीआईजीको सरुवा, कसको कहाँ ?(सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बलका १६ सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा