कोभिडबारे २० जिज्ञासा र जवाफ



– डा. रवीन्द्र पाण्डे।

१. कस्तो अवस्थामा पिसिआर गर्ने ? पिसिआर नगरे हुँदैन र ?
– ज्वरो, खोकी, सास फेर्न गाह्रो, पखाला, बान्ता, थकान, छालामा बिमिरा आदिमध्ये केहि लक्षण मिलेमा, संक्रमितसंग भेट भएको अवस्थामा तथा कतै यात्रा गरेको अवस्थामा परीक्षण गर्नुपर्दछ । समयमै पिसिअर गरेमा रोग पत्ता लाग्छ । आफु आइसोलेसनमा बसेमा परिवारलाई संक्रमणबाट बचाउन सकिन्छ | रोग पत्ता लागेपछि गाह्रो भएमा कहाँ /के उपचार गर्ने भन्ने थाहा हुन्छ । तसर्थ पिसिआर टेस्ट गर्नुपर्दछ ।
– यसपटक पिसिआरबाहेक छातीको एक्सरे गर्नु उपयुक्त हुन्छ । कोभिड निमोनिया देखिएमा तदनुसारको उपचार गर्दा गम्भीर अवस्था आउनबाट बचिन्छ ।
.
२. खोपले काम गरेको छ कि छैन ? खोप लगाएका संक्रमित भएका छन् कि छैनन् ?
– खोप लगाएका व्यक्तिलाई पनि जनस्वास्थ्यका मापदण्ड पालना नगरेमा संक्रमण । उनीहरुको संक्रमण अन्य व्यक्तिलाई सर्न सक्छ । फरक यो छ कि खोप लगाएका व्यक्तिको गम्भीर हुने वा मृत्यु हुने दर नगण्य छ। प्रमाणित खोप जुनसुकै लगाएपनि गम्भीर हुनबाट बचाएको छ ।

३. के भिटामिनहरुले कोरोना ठिक गर्छन् ?
– भिटामिन सी, डी र जिंक लाभदायक छन् । तर यी औषधिले कोरोना ठिक गर्दैनन् ।

४. एन्टिबायोटिक खाँदा कोरोना ठिक हुन्छ ?
– एन्टिबायोटिकले कोरोना भाइरसलाई नष्ट गर्दैन । निमोनिया भएर ब्याक्टेरियल संक्रमण भएमा मात्र उपयोगी हुन्छ । तसर्थ जथाभावी औषधि सेवन गर्नुहुँदैन ।

५. के जडिबुटी वा आयुर्बेद औषधिले कोभिड निको गर्छ ?
– गर्दैन । सम्बन्धित चिकित्सकको सिफारिसमा मात्रा मिलाएर सेवन गर्दा शरीरको प्रतिरोधात्मक क्षमता बढाउने चीन, भारत, मदागास्कर, श्रीलंका आदि देशमा भएका अनुसन्धानले पुष्टि गरेका छन् ।

६. के सिटामोलको कोर्स पुरा गर्नुपर्छ ?
– पारासिटामोल ज्वरो १०० डिग्रीको आसपास पुगेमा वा टाउको / जिउ दुखेमा मात्र सेवन गर्ने हो । नियमित सेवन गर्नुहुँदैन ।
.
७. अक्सिमिटरलाई कति पर्छ ? कहाँ पाइन्छ ? कति अक्सिजनको स्तर नर्मल हो ?
– अक्सिमितर १२०० देखि ५ हजारसम्म पर्छ । महँगो । औषधि पसल वा सर्जिकल हाउसमा यो किन्न पाइन्छ । ९५ देखि १०० यसको नर्मल भ्यालु हो ।
.
८. अक्सिजनको लेभल ९४ बाट घटे के गर्ने ?
– घोप्टो परेर सुत्ने । यसो गर्दा अक्सिजनको स्तर बढ्छ । यति गर्दा पनि घटेन भने फोक्सोमा संक्रमण भएको बुझिन्छ । अक्सिजन ९२ बाट तल भएमा तुरुन्त अस्पताल जानुपर्छ । छातीको सिटि वा एक्स रे बाट फोक्सोमा निमोनिया वा संक्रमण भएको थाहा हुन्छ । यसो भएमा चिकित्सकको सल्लाह अनुसार भर्ना हुने वा औषधि खानुपर्दछ ।
.
९. अस्पताल प्याक छन् । अब के गर्ने ?
– सामान्य अवस्थामा चिकित्सकको निगरानीमा होम आइसोलेसनमा बस्नुपर्दछ । यदि सास फेर्न गाह्रो भए, अक्सिजनको मात्रा कम भए, निकै गाह्रो भए तुरुन्त अस्पताल जानुपर्छ । भरे वा भोलि जान्छु भन्नु हुँदैन । अस्पतालको फिभर क्लिनिकमा जांच गराएपछि तपाइंको अवस्था अनुरुप चिकित्सकले उपचारको ब्यबस्था गर्छन् ।

१०. मास्कलाई किन खोपभन्दा राम्रो मानिन्छ ?
– मास्क सस्तो, प्रभावकारी, साइड इफेक्ट नभएको तथा सर्व सुलभ छ । डबल मास्क लगाउने बानी गर्ने हो भने जुनसुकै प्रजातिको भाइरस आएपनि डर मान्नुपर्दैन ।
.
११. सुत्केरी संक्रमण भएमा बच्चालाई दुध चुसाउने कि नाचुसाउने ?

– सुत्केरीले मास्क लगाएर, बच्चाको बिपरित दिशामा टाउको फर्काएर तथा स्तनलाई राम्रोसंग सफा गरेर दुध चुसाउन मिल्छ । दुध चुसाउने बेला बाहेक बच्चालाई छुट्टै राख्नु राम्रो हुन्छ । सुत्केरी बस्ने कोठाको झ्याल / ढोका खुला हुनुपर्छ ।
.
१२. यो महामारी कति खतरनाक छ ?
– यसपटकको दोस्रो लहर धेरै संक्रामक भएपनि मृत्युदर कम छ । जनस्वास्थ्यका मापदण्ड पालना गरेमा संक्रमण हुँदैन । संक्रमण भएमा स्वस्थ आहार, बिहार र उपचारले खतराको अवस्था हुँदैन ।
.
१३. सास फेर्न गाह्रो भए घरमा अक्सिजन सिलिन्डरबाट अक्सिजन लिए ठिक हुन्छ ?
– हुँदैन ! फोक्सोमा संक्रमण / निमोनिया / पानी जम्ने आदि भएमा सास फेर्न गाह्रो हुन्छ । रोगको उपचारसंगै अक्सिजन लिंदा फाइदा गर्छ । अक्सिजन आफैले रोग निको गर्दैन । फोक्सोको अवस्था अनुसार अक्सिजनको मात्रा निर्धारण हुन्छ । तसर्थ अस्पताल भर्ना भएर वा निको भएर घरमा फर्के पछि सास फेर्न गाह्रो भए चिकित्सकको सल्लाह अनुसार अक्सिजन लिनुपर्दछ ।
.
१४. सामाजिक संजालमा लेखेका वा अन्य निको भएका संक्रमितले प्रयोग गरेका औषधि सेवन गर्ने कि नगर्ने ?
– नगर्ने । हरेक व्यक्तिको अवस्था फरक फरक हुन्छ । चिकित्सकको सल्लाह बिना औषधिको जथाभावी सेवन गर्दा झन् खराब अवस्था हुन्छ ।
.
१५. कोभिडको उपचार के छ ?
– कोभिडको हालसम्म ठोस उपचार छैन । औषधि, अक्सिजन आदिले शरीरका अंगलाई सुरक्षित राख्ने, सजिलो बनाउने तथा भाइरसले असर गरेका अंगलाई सपोर्ट दिएर बिरामीलाई बचाउने मात्र हो ।
.
१६. पोहोर संक्रमण भएको व्यक्तिलाई अहिले संक्रमण हुन्छ कि हुँदैन ?
– मापदण्ड पालना नगरे संक्रमण हुन्छ । अहिलेको नयाँ प्रजातिको संक्रमणले गम्भीर बनाउन सक्छ ।
.
१७. कोभिड र खोपबारे फरकफरक धारणा छन् ? कसको कुरा पत्याउने ?
– बिभिन्न बैज्ञानिक परीक्षणबाट कोभिड र खोपको पुष्टि भएको छ ।  अनधिकृत व्यक्तिका भ्रामक कुरा सुन्नुहुँदैन । सरकारले दिने सूचना र बिज्ञका कुरा विश्वास गर्नुपर्दछ । कोरोना के हो ? भन्नको लागि अस्पतालमा छटपटाइरहेका संक्रमित हेरे स्पष्ट बुझिन्छ । खोपले काम गर्ने / नगर्ने बारे खोप लगाएका व्यक्तिको मृत्युदर हेरे थाहा हुन्छ ।
.
१८. लकडाउन किन, कति समय आबश्यक हुन्छ ? लकडाउन छोटो गराउन के गर्नुपर्छ ?
– लकडाउन भनेको जो जहाँ छ, त्यहीं बस्ने हो । नयाँ महामारी आएमा, महामारीको कारण अस्पताल भरिएमा, नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना नगरेमा तथा सरकारले तयारी गर्नको लागि लकडाउन गरिन्छ । लकडाउन जति कडा भयो, संक्रमणको चेन त्यति छिटो तोड्न सकिन्छ । यसको लागि नागरिकले मापदण्ड पालना गर्ने तथा सरकारले पालना गराउनेतर्फ पुरै शक्ति केन्द्रित गर्नुपर्छ । यसो भएमा ३ हप्ताको लकडाउन पर्याप्त हुन्छ । लकडाउनको अबधिमा सरकारले दैनिक काम गरेर गुजारा गर्ने व्यक्तिलाई राहतको ब्यबस्था गर्नुपर्दछ । अनुशाशित नागरिक र जिम्मेवार सरकारको संयोगले लकडाउन छोंटो गर्न सकिन्छ ।
.
१९. यो स्थिति कहिलेसम्म रहला ?
– दोस्रो लहर अझै २ –३ महिना रहन्छ । त्यसपछि घट्दै जान्छ । महामारीबाट मुक्त हुनको लागि ७० % नागरिकले खोप लगाउनुपर्दछ । जनस्वास्थ्यका मापदण्ड पालना गरेर भाइरसलाई मान्छेबाट अलग्याउनु पर्दछ ।
.
२०. महामारीमा आत्मबल कसरी बढाउने ?
– यो महामारीले संसारलाई चपेटामा पारेको छ । सबैको आर्थिक, शैक्षिक, पेशागत तथा अन्य क्षेत्रमा नोक्सान पुर्याएको छ । महामारी नियन्त्रणमा आएपछि ती सबै घाटा सन्तुलनमा आउनेछन् । अहिले जीवनरक्षा गर्नु सबैभन्दा महत्वपूर्ण बिषय हो । योग, ध्यान, प्रबचन श्रबण, संगीत, कला, साहित्य, घरको काम आदिबाट मनलाई सकारात्मक उर्जामा स्थिर राख्न सकिन्छ । तनाब दिने खालका कुरा नसुन्ने / नहेर्ने तथा मनमा कोरोना मात्र बोकेर नहिड्ने हो भने चिन्ताले अस्वस्थ हुने अवस्था उत्पन्न हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ