संख्या पुगेको छैन, त्यही भएर नयाँ सरकार बनाउन सकिएनः सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा संख्या नपुगेका कारण कांग्रेसको नेतृत्वमा सरकार बन्न नसकेको बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गरी सभापति देउवाले नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा वैकल्पिक सरकार बनाउने निर्णय गरेको भएपनि सांसद संख्या नपुग्दा सरकार बन्न नसकेको बताएका हुन् । जसपाले साथ नदिँदा कांग्रेस र माओवादी केन्द्रको संख्याले मात्रै नपुग्ने उनको भनाइ थियो ।

उनले भने, ‘नेपाली कांग्रेस पार्टीले नि कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार बनाउने निर्णय गरेको छ । तर संख्या पुग्नुपर्छ यहाँ त । संख्या नपुगिकन चाहेर हुन्छ त ? प्रधानमन्त्री हुन चाहन्छु भनेर प्रधानमन्त्री हुन्छ र ? संख्या पुगेको छैन । त्यही भएर सकिएन । हामी सँग संख्या पुग्दैन यो सत्य कुरा हो । जसपाले उता सहयोग गरेको छ ।’

सभापति देउवाले एमसीसीबारे भ्रम फैलाइएकोमा असन्तुष्टि जनाएका छन् । अमेरिकाले एमसीसीमार्फत सित्तैमा ठूलो सहयोग गरेको भएपनि अनेक किसिमका भ्रम र झुठा प्रचारहरु गरिएको उनले बताए ।

एमसीसीमार्फत नेपालमा अमेरिकी सेना आउँछ भन्ने झुठा प्रचार गरिएको उनको भनाइ थियो । उनले भने, ‘बाबुराम भट्टराई र सुशील कोइरालाको पालादेखि यो एमसीसी सुरू भएको हो । मेरो बेलामा मात्रै आएको होइन । मेरो बेलामा यत्ति भएको हो क्याबिनेट डिसिजन गरेर मन्त्रीजीलाई पठाएको हो ‘यो ठूलो अनुदान हो, ब्याज तिर्नु पर्ने पनि छैन। यो केबल अनुदान हो ।’

उनले कोभिड १९ संक्रमितको उपचारका लागि आवश्यक अक्सिजन, भेन्टिलेटर लगायत स्वास्थ्य सामग्रीको पर्याप्त आपूर्ति गर्न सरकार समक्ष माग गरेका छन् । संक्रमितको उपचार गर्न देशको स्वास्थ्य संरचनाले धान्न नसक्ने अवस्था आएको र आइसियु, बेड, अक्सिजन, भेन्टिलेटरको अभाव भएकाले तत्काल अक्सिजन, भेन्टिलेटरको आपूर्ति सुनिश्चित गर्न सरकार समक्ष माग गरे ।

देशका सम्पूर्ण जिल्लाहरुमा कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाई, सम्भावित संक्रमितको पिसिआर परीक्षणलाई व्यापक गर्न, सीमा नाकाहरुमा अनिवार्य पिसिआर परीक्षण र परीक्षणको नतिजा नआउञ्जेलसम्म होल्डिङ केन्द्रमा राख्ने व्यवस्था गर्न, संक्रमितलाई आइसोलेसनको व्यवस्था गर्न पनि नेपाली कांग्रेसले माग गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पहिरो हटाएर बिपी राजमार्ग पुनः सञ्चालन

काभ्रे । असोज ११ र १२ गतेको अविरल वर्षाको बाढी पहिरोले क्षतिग्रस्त भई

बाढीपहिरोले अधिक मानवीय तथा संरचनामा क्षति

काभ्रेपलाञ्चोक । गत साताको अविरल वर्षामा बाढी, पहिरोले काभ्रेपलाञ्चोकमा अधिक मानवीय क्षति हुन

मीनबहादुर गुरुङले दिएको जग्गामा एमाले केन्द्रीय कार्यालय शिलान्यास

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

तस्बिरमा हेर्नुस्, उपत्यकाका शक्तिपीठमा राष्ट्रपतिको पूजाअर्चना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८१ का अवसरमा शुक्रबार काठमाडौँ उपत्यकाका विभिन्न