कोरोना संक्रमणका काराण ३५ जनाको मृत्यु,झन्डै पाँच हजार सङ्क्रमित थपिए



काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप ३५ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । कोरोनाका कारण एकै दिन ३५ जनाको मृत्यु भएको अहिलेसम्मकै धेरै हो ।

यसअघि गएको कात्तिक १९ गते कोरोनाका कारण एकै दिन ३० जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ । हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार दुई सय ४६ पुगेको छ ।

यस्तै,पछिल्लो २४ घण्टामा देशभर १२ हजार ५ सय ९७ नमूनाको पिसिआर परीक्षण र ९ सय ६३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । त्यसमध्ये पिसिआर विधिबाट ४ हजार ८ सय ३१ जना र एन्टिजेन विधिबाट ९७ जना गरी कूल ४ हजार ९ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा भक्तपुरमा १८२, ललितपुरमा २५२ र काठमाडौंमा १ हजार १२७ जना गरी एक हजार ५ सय ६१ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख १७ हजार ५ सय ३० पुगेको छ । देशभर अझै ३४ हजार १ सय १७ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा ८ सय ८८ जनाले कोरोना जितेका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८० हजार १६७ पुगेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तनाव बढेपछि ताप्लेजुङको फुङलिङमा निषेधाज्ञा जारी

ताप्लेजुङ । ताप्लेजुङमा नो केबुलकार समूहको प्रदर्शन उग्र बन्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा

ताप्लेजुङको फुङलिङमा तनाव

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा नो केबलकार समूहका र प्रहरीबीच झडप भएको छ

‘मेरो हुतीले बालकोटमा हाम्रो घर बन्न सक्ने थिएन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’

महाकुम्भबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटना, चार जनाको मृत्यु, ६ घाइते

जनकपुरधाम । महाकुम्भबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटना हुँदा चार जनाको