ओलीलाई पाण्डेको जवाफ: नयाँ पार्टी गठन गरेको भन्ने आरोप कपोलकल्पित



काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चालेको कदम पार्टी विधान विपरित मात्रै भएर नेपालबाट कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने प्रकृतिको भएको बताएका छन् ।

बिहीबार पाण्डेले पार्टी संसदीय दलका नेता ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिँदै आफ्नो नभै प्रधानमन्त्री ओलीको कदम विधान विपरित भएको बताएका हुन् । जवाफमा उनले भनेका छन्, ‘पार्टी अध्यक्ष कमरेड केपी ओलीले हाल चालिरहेका कदमहरु पार्टी विधान विपरित त छन् नै, सो भन्दा पनि बढी नेपालको कम्युनिष्ट आन्दोलन नै समाप्त पार्ने प्रकृतिका भएकाले यो सबै प्रकृया अविलम्व रोकी पार्टीलाई एकतावद्ध गर्न आवश्यक पहल गर्नसमेत आह्वान गर्न चाहन्छु।’

चार पृष्ठको जवाफमा उनले नयाँ पार्टी गठन गरेको भन्ने आरोपलाई कपोलकल्पित भएको बताएका छन् । उनले चैत ४ र ५ गते ललितपुरमा आयोजना गरेको राष्ट्रिय कार्याकर्ता भेला नयाँ पार्टी खोल्न नभई नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक मार्ग निर्देशन र विधानको प्रतिरक्षा तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को एकता र हितमा उक्त प्रयोजन र उद्देश्यका लागि आयोजित कार्यक्रम भएको बताएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालसहित २७ जना सांसदलाई अध्यक्ष ओलीले स्पष्टीकरण सोधेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेले रविको नाम राखेर संसदीय समिति नबन्ने बताएपछि जुटने कार्यदलमा सहमति

काठमाडौं । सहकारी प्रकरणमा छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश (टीओआर) बनाउन गठित

हाम्रो पार्टी नै सरकारमा रहेकाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने कुरै हुँदैनः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत

२४ करोड बिगो माग दाबी गर्दै कैलाली मालपोतका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख

संसदीय छानबिन समितिको टीओआरमा रविको नाम राख्नुपर्ने कांग्रेसको अडान, सत्तापक्ष राख्न नहुने पक्षमा

काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेशबारे सत्तापक्ष र प्रतिपक्षी दलबीच सहमति जुटेको छैन