निरंकुश प्रवृतिविरूद्ध गरिएको विद्रोहको सधैं वैधता हुन्छः रामकुमारी झाँक्री


काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले विद्यमान संरचना र प्रवृत्तिविरुद्धको विद्रोहले वैधता पाउने बताएकी छन् । आइतबार सामाजिक संजालमार्फत नेतृ झाँक्रीले कर्णाली प्रदेशमा सांसदहरुले पार्टीको निरंकुश प्रवृत्तिविरुद्ध गरेको विद्रोहको संकेत गर्दै यस्तो बताएकी हुन् ।

उनले दुनियाँमा सबै प्रकारका विद्रोहहरूले समय क्रममा वैधता प्राप्त गरेका पनि बताएकी छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा ह्वीप उल्लंघन गरी एमालेका ४ सांसदले मतदान गरेका थिए ।
झाँक्रीले लेखेकी छन्, ‘विद्यमान संरचना, प्रणाली र प्रवृतिहरूको विरूद्ध गरिएको विद्रोहको सधैं वैधता हुन्छ । दुनियाँमा सबै प्रकारका विद्रोहहरूले समय क्रममा वैधता प्राप्त गरेका छन् ।’