केन्द्र सरकार ढल्ने त्रासमा ओली पक्ष, प्रतिवादमा उत्रिन उपप्रधानमन्त्री पोखरेलको आह्वान



काठमाडौं । कर्णाली प्रदेशमा नेकपा एमालेकै सांसदले फ्लोर क्रस गरी माओवादी केन्द्रका पक्षमा मतदान गरेपछि नेकपा एमालेको केपी ओलीपक्षका नेताहरु केन्द्र सरकार ढल्ने त्रासले आत्तिन थालेका छन् ।

कर्णाली प्रदेशमा आफ्नो सरकार बन्न नसकेको भोलिपल्टै ओली पक्षका नेताहरुले केन्द्र सरकार ढल्न नदिन प्रतिवादमा उत्रिन आह्वान गर्न थालेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोख्रेलले मुलुकको राजनीति गलत दिशामा गईरहेको भन्दै त्यसको प्रतिवादमा उत्रन आव्हान गरेका छन् ।

पोख्रेलले सरकार ढाल्ने खेल भईरहेको भन्दै यस्ता गलत क्रियाकलाप विरुद्ध सबै जनता प्रतिकारमा उत्रनुपर्ने बताए । निर्वाचित सरकारले निश्चित समयावधि पनि लिएर आएको भन्दै त्यसअघि नै सरकार ढाल्ने प्रयास भए मुलुक र जनताका लागि ठूलो दुर्भाग्य हुने बताए ।
सरकारले गरेका काम सबै सार्वजनिक भएको र सरकारका राम्रा काम र कमजोरीको हिसाबकिताब चुनावमा हुने भन्दै उनले सरकार ढाल्ने, जनतामा निराशा फैलाउने र अस्तव्यस्तता श्रृजना गर्ने प्रयास भए राम्रो नहुने चेतावनी दिए ।

उपप्रधानमन्त्री पोख्रेलले पछिल्लो समय मुलुकमा देखापरेको राजनैतिक खिचातानीले कामै गर्न नसकिने वातावरण श्रृजना भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि