ओलीमा राजा ज्ञानेन्द्रको दोस्रो अवतारः वरिष्ठ नेता नेपाल



झापा । नेपाल कम्यूनिस्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले झुटको खेती गरी भ्रम सिर्जना गरेको आरोप लगाएका छन् । उनले अब पार्टीमा नयाँ पुस्तालाई आकर्षित गर्न सत्यतथ्य र विधिमा आधारित राजनीतिक प्रशिक्षण दिन जरुरी भएको बताएका हुन् ।

बिर्तामोडमा शुक्रबार जिल्ला कमिटी गठन गर्न आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले अध्यक्ष ओलीले निष्काशन गरेका र नसमेटेकालाई बटुलेर आफूले ७७ वटै जिल्लामा कमिटी बनाउन बाध्य भएको जिकिर गरे ।

नेपालले आफूसँग असहमत हुने पार्टी नेता कार्यकर्ताको पत्तासाफ गर्ने निरकुंश र अवसरवादी चरित्र ओलीमा मौलाउँदै गएको आरोप लगाएका हुन् । उनले ओलीलाई राजा ज्ञानेन्द्रको दोस्रो अवतार भएको आरोपसमेत लगाए ।

कार्यक्रममा नेता घनश्याम भुसालले केपी ओलीले झापाली कम्युनिष्ट आन्दोलनमाथि गद्दारी गरेको आरोप लगाए । उनले केपी ओली चरम व्यक्तिवादी मानिस भएको भन्दै अब नेपाली आमाको कोखबाट यस्तो व्यक्तिको जन्म नहोस् भन्ने कामना गरे । ओलीको राष्ट्रवाद नक्कली भएको टिप्पणी गर्दै भुसालले ओली सत्ताका लागि जेसुकै गर्न पनि तयार हुने बताए ।

माधव नेपाल पक्षले बिर्तामोडमा कार्यकर्ता भेला गरेर वेदराज रेग्मीको अध्यक्षतामा ३५१ सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरेको छ । समितिको उपाध्यक्षमा चन्द्रा श्रेष्ठ, सचिवमा निलमणि बराल, सहसचिवमा मणि भण्डारीलाई चयन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना

नेपाली सेनाले माग्यो प्राविधिक, हवाइ र विविध सेवातर्फ तीनसय भन्दाबढी कर्मचारी

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । भर्ना छनोट

डढेलो नियन्त्रणमा सरकार असंवेदनशील भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता