रवीन्द्र मिश्र र विवेकशील साझा पार्टी बारे !



केशवप्रसाद भट्टराई ।
नेपालका अधिकांश समस्या र चुनौतीसँग सामना गर्ने दृष्टिकोणको सवालमा रवीन्द्र मिश्रजति स्पष्ट छन्, त्यति सम्भवत नेपाली राजनीतिमा साह्रै कम व्यक्ति छन् ।

उनको क्षमतामा प्रश्न गर्नै सकिन्न ! देखेका, जानेका, बुझेका र पढेका छन् । तर नेपालको परिवेशमा उनका लागि सिंहदरबार नजिक नहोला ।
तर उनले मेचीदेखि महाकालीसम्मका पाँचवटा नगरपालिका, पाँचवटा गाउँपालिका, पाँचवटा निर्वाचन क्षेत्रलाई मात्रै लक्षमा राखेर अघि बढे , त्यहाँ सफलता आर्जन गरेर तिनलाई केन्द्र बनाएर अनि क्रमशः सिङ्गो राष्ट्रलाई लक्ष बनाएर अघि बढ्दा हुन्थ्यो होला भन्ने लाग्दछ ?
शायद उनीहरू त्यही बाटोमा होलान् पनि ।

हुन त म न राजनीतिक व्यक्ति परें न सांगठानिक क्षमता भएको व्यक्ति ––त्यसैले धेरै कुरा बुझ्दिन । तर यति मात्रै थाहा छ, उनी जस्तै सफा र स्पष्ट दृष्टिकोण भएको व्यक्ति नेपालको राजनीतिले मागेको छ । आफ्नो लामो भावनात्मक लगाव वा अभाव जे भन्नोस् त्यस कारण मेरो पुस्ताले त उनको दललाई भोट नहाल्ला तर मलाई थाहा छ आजका नयाँ पुस्तासँग म मा जस्तो जस्तो अतीतमुखी भावनात्मक लगाव वा अभाव नभएकाले उनीहरूका यावत प्रश्नको उत्तर रविन्द्र मिश्र र उनको दलसँग छ कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनी प्रक्रिया पूरा नगरेका बर्दिवासका पाँच वटा संस्था तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

महोत्तरी । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बर्दिवासमा रहेका अस्पताल र स्वास्थ्य संस्थाको

स्वर्ग, नर्क, पाप-पुण्य हुन्छ कि हुँदैन ?

-डा. गोविन्दशरण उपाध्याय । दर्शनशास्त्रको कसौटीमा ईश्वर भेटिन्छ कि भेटिन्न, आत्मा भेटिन्छ कि

ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याउन लागेको आरोप लगाएपछि भएन खनिज सम्झौता

बीबीसी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सकारात्मक वार्तापछि शुक्रबार

ढोरपाटनमा हिमपात हुँदा जनजीवन प्रभावित

ढोरपाटन (बागलुङ)। भारी हिमपातका कारण माथिल्लो बागलुङका स्थानीयको जनजीवन कष्टकर बनेको छ। शुक्रबार दिउसोदेखि