असामाजिक व्यक्तित्व विकार



डा. गोविन्दशरण उपाध्याय ।
जव कुनै व्यक्तिको व्यक्तित्वमा असमाजिकताको मानसिक दोष उत्पन्न हुन्छ, त्यस्ता व्यक्तिहरूले सदाचार, नैतिकता, सामाजिक तथा सांस्कृतिक उत्तरदायित्वहरूप्रति आंशिक वा पूर्णरूपमा असहमत हुन्छ । धेरैले असल, स्वीकार्य तथा राम्रो भनेका दैनिक व्यबहारहरूप्रति उदासीनता वा वेवास्ता गर्ने प्रवृत्ति बढ्छ । यसरी सामाजिक व्यबहारहरूप्रति अवज्ञा गर्दा मानसिक शान्ति अनुभव गर्छ । अर्थात् यस्तो व्यक्तित्व विकार उत्पन्न हुँदा सामाजिक, सांस्कृतिक, धार्मिक तथा अन्य व्यबहारहरूप्रति अनास्था व्यक्त गर्छ ।

असामाजिक व्यक्तित्व विकारका मुख्य लक्षणहरू निम्न रहेका छन्ः असल–कमसल विचारहरूप्रति असहमति, तर्कहरू दिएर आफ्ना अनैतिक, असामाजिक व्यबहारप्रति बचाउ गर्दै तर्क गर्नु, आफू भन्दा मान्य व्यक्तिहरूप्रति गर्नुपर्ने सम्मान नगर्ने, आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका लागि अरूको वदनाम गर्ने वा अनैतिकता क्रियाको लागि उपयोग गर्ने, न्यायिक व्यवस्थाहरूको आलोचना गर्ने, अपराध र अपराधिको बचाउ गर्ने, अर्काका अधिकारहरूको हनन गर्दा खुसी हुने, समनानुभूतिको अभाव, गालीगलौज गर्न मन पराउने, आफ्नो असामाजिक व्यबहारलाई बचाउ गर्ने र अर्काको निन्दा गर्ने तथा आर्थिक व्यबहारमा ठगवृत्तिलाई महत्व दिने अर्थात् ठग्ने प्रवृत्तिहरू प्रवल हुन्छन् । यद्यपि यस्ता विकारहरू अन्य कारणले पनि उत्पन्न हुनसक्छन् ।

तर मुख्यरूपमा अन्य व्यक्ति र पशुहरूप्रति अत्यन्त आक्रमण प्रतिक्रिया, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिहरूमा हानिनोक्सानी गर्ने, अरूलाई झुक्याउने–ठग्ने, चोरी गर्ने र नियमकानुनहरूको उल्लंघन गर्दा कुनै प्रकारको असजिलो अनुभव नगर्ने वानी असामाजिक व्यक्तित्व विकारका मुख्य लक्षण मानिन्छन् । यदि कुनै व्यक्ति, वालबालिकामा यस्ता व्यबहारहरू वारम्वार देखिन्छन् भने असामाजिक व्यक्तित्व विकास हुँदै गरेको वा व्यक्तित्व विकार विकास भैसकेको हुनसक्छ । यस्तो व्यक्तित्व विकार भएका व्यक्तिहरूको सबैभन्दा असजिलो पक्ष हुन्छ कि उसले आफ्नो असामाजिक क्रियाकलापलाई जायज ठहर्याउने गर्छ र आफ्नो व्यवहारको बचाउका लागि अत्यन्त बलिया तर्क दिएर सहयोगलाई दृढतापूर्वक अस्वीकार गर्छ, सहयोग गर्न चाहनेहरूको अनादर गर्छ वा अपमान नै गर्छ ।

असामाजिक मनोविकार किन हुन्छ ? भन्ने कुराको ठ्याक्कै वैज्ञानिकहरूसंग भरपर्दो उत्तर छैन तर केही आनुवांशिकता, केही हर्मोनहरूमा आएको परिवर्तन र केही वातावरणका (जस्तै जेलवसेका) कारण विकसित हुने विश्वास गरिन्छ । यदि कुनै व्यक्तिको हुर्काईनै असामाजिक परिस्थिति र व्यक्तिहरूका बीच भएको छ भने सम्वन्धित व्यक्तिमा असामाजिक व्यक्तित्व विकार भेट्न सकिन्छ भने सेक्स–हर्मोनहरू बढी भएका बालबालिका, किशोरकिशोरी तथा प्रौढहरूमा पनि व्यक्तित्व विकारका लक्षणहरू हुन्छन् । यदि तपाईंलाई आफ्नो परिवार वा छिमेकी व्यक्तिमा उपरोक्त लक्षण भएको शंका लाग्छ भने बडो सरल र प्राकृतिक तरिकाले निज व्यक्ति वा निजका सहयोगीलाई मानसिक सहयोग प्राप्त गर्ने व्यक्तिहरू परामर्शदाता वा मनोचिकित्सकसँग भेट्न अभिप्रेरित गर्न सक्नुहुन्छ ।

बालबालिका सजिलैसँग असामाजिक व्यक्तित्व विकारले ग्रस्त हुन सक्छन् किनभने हिंसा–प्रधान नेट–सामग्री (खेल) मा उनीहरूले समय विताइरहेका हुन्छन् । बालमष्तिस्कले खेललाई पनि वास्तविकका रूपमा लिन्छ । अनि, बलियो (हिरो) बन्ने रहरले सामाजिक दायित्वहरूलाई वेवास्ता गर्ने, आमाबुवा वा गुरूजनहरूप्रति वेवास्ता गर्ने, आफुभन्दा सानासंग हिंसात्मक व्यबहार गर्ने, ढाट्नेजस्ता व्यबहारहरू बढ्न सक्छन् । यस्तो अवस्थामा अभिभावकहरूले आफ्ना बालबालिकाले कस्तो खेल खेल्छन् र कस्ता व्यक्तिहरूको सङ्गत गर्छन् भन्नेतिर ध्यान दिनु जरूरी देखिन्छ । यदि परिवारको कुनै सदस्यमा व्यक्तित्व विकार वा अन्य मानसिक रोग देखा परेको छ, यदि परिवारको कुनै सदस्य आपराधिक प्रवृत्तिको छ, यदि बाल्यकालमा बालदुव्र्यबहारमा परेको छ र यदि बाल्यकालमा परिवार, सौतेली आमा, वुवा वा आफन्तबाट दुव्र्यबहारमा परेको छ भने “असामाजिक व्यक्तित्व विकार” देखा पर्न सक्छ ।

यदि असामाजिक व्यक्तित्व विकार प्रारम्भिक अवस्थामा छ भने परामर्श, यदि अलि बढी नै भएको छ भने मनोचिकित्सक र अत्यन्त बढी देखिन्छ भने मनोबैज्ञानिक र मनोचिकित्सक दुबैबाट सहयोग प्राप्त गरेर नियमित औषधि सेवन गरेर वा नियमित परामर्शसेवा ग्रहण गरेर पूर्णतया स्वास्थ्य हुन सकिन्छ । त्यसैले आफू वा छिमेकिमा मनोबैज्ञानिक समस्याहरू देखा पर्दा विज्ञहरूबाट सहयोग लिने बानी बसालौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा

उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा