विद्यालय बन्द नगर्न सरकारलाई प्याब्सनको आग्रह



काठमाडौं । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन(प्याब्सन) ले विद्यालय बन्द गर्ने निर्णय नगर्न सरकारलाई आग्रह गरेको छ ।

आइतबार प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले संयुक्त विज्ञप्ति जारी गरी निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुकोे ५० प्रतिशत क्षेत्र समेत अनलाइन शिक्षाले समेट्न नसक्ने कुरा विगतको बन्दाबन्दीमा गरिएको प्रयोगले प्रमाणित गरिसकेकाले विद्यालय बन्द नगर्न आग्रह गरेका हुन् ।

आफ्ना सदस्य विद्यालयहरुलाई स्वास्थ्य सावधानीका पूर्ववत् उपायहरु अनिवार्य र कडीकडाउका साथ अपनाई पठनपाठनका साथै अन्य गतिविधि सञ्चालन गर्न गराउन प्याब्सनले आन्तरिक परिपत्र समेत जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कोरोनालाई जीवनको एउटा हिस्साको रुपमा स्वीकार्दै कोरोनासँग संघर्ष गर्दै जनजीवनलाई यथासम्भव सहज बनाउने तर्फ पहल कदमी गर्न जरुरी रहेको विगतको बन्दाबन्दी पश्चातः विद्यालय सञ्चालन गर्न नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालाहरुसँग छलफल समेत गरि तयार गरेको कार्यढाँचा अनुसार शिक्षालयहरुका गतिविधिहरु सञ्चालन गर्न सान्दर्भिक भएको भन्दै आवश्यकता अनुसार शिक्षालयहरुमा तातो पानी, स्वास्थ्यकर्मी, सेनिटाइजर, आइसोलेशन कक्ष, भौतिक दुरीको व्यवस्थापन जस्ता कार्यहरु सरकारका सम्बन्धित निकायहरुको सहयोग र समन्वयमा गर्दै जानु उपयुक्त हुने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

विकराल बन्दै डढेलो : ५० जिल्लाका वन क्षेत्रमा डढेलो, करोडौंको क्षति

  गण्डकी ।  वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा

देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्छ : प्रधानमन्त्री

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना