धर्म आगो हो, यससँग नजिस्किउँ



भीम उपाध्याय ।

सिंगापुर बहुजातीय बहुभाषीय मुलुक हो। त्यहॉको सरकारले आवासको नियोजन गर्दा बहुजातीय द्वन्द्व कुनै पनि हालतमा आउन नसक्ने गरी आवास वितरण गर्ने गर्दछ।

नेपालमा आजसम्म कहिल्यै देखिएको धार्मिक विवाद बढ्दै गएको संकेत प्रष्ट देखिन थालेको छ। यसलाई बेलामा नियमन गरिएन भने धर्म निरपेक्षताका नाममा नांगो नाच चल्दै गएर कहिल्यै निको नहुने धार्मिक अशान्तिमा नेपालीहरू फस्नेछन्। बेलैमा बुद्धि पुर्याउनुपर्छ। हाम्रा विगत ३ दशकदेखिका जनप्रतिनिधिहरूको रवैया जनतालाई धर्म जातजातिमा विभक्त गर्दै उचाल्दै भाँडेर आफू अकंटक शासन गर्ने हुदै आएको छ। यसको अथाह मूल्य सबैले चुकाउनु पर्ने हुनसक्छ।

विश्वमा आजसम्म सबैभन्दा बढी मानिस मारिएको कुनै युद्धले हैन, धर्मयुद्धले नै हो। नेपाली जनता अब चॉडै सचेत हुनुपर्यो। यसमा उदारता खतरनाक हुदै गएको छ। धार्मिक द्वन्द्व,  द्वन्द्वहरू मध्ये सबै भन्दा खतरनाक, पीडादायक र समाधान नहुने असाध्य सामाजिक समस्या बन्ने छ जसलाई कसैले नियन्त्रण गर्न सक्नै छैन। नियन्त्रण गर्न खोजे हजारौँको हत्या हुन सक्नेछ, गृहयुद्धमा फसेर सडक टोलटोल रगताम्मे हुन सक्नेछ। आन्तरिक एवं बाह्य शरणार्थी बन्न बाध्य हुनुपर्ने हुन सक्छ। म्यान्मारको रोहिंगा, अफ्रिकी मुलुकमा भइरहेको जातीय धार्मिक द्वन्द र प्यालेस्टाईनहरूले भोग्दै गरेको धार्मिक कट्टरताको द्वन्द्वमा नजर लगाउनुस्, कहालीलाग्दो छ। दिनदिनै सयौँ मानिस मारिएका मरिरहेका छन्।
धर्म आगो हो, यससंग नजिस्किउँ, सुतेको बाघलाई नजगाऔँ, नजिस्काऔँ, नखेलौँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मलई हराउने

पेट्रोलको यथावत, डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम

संविधान संशोधनका लागि कार्यदल बनाउन प्रस्ताव गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्ताका माध्यमबाट समाधान गर्नुपर्ने

भूमिसम्बन्धी अध्यादेश बिचौलियाले महत्त्वपूर्ण जग्गा हडप्ने योजनाअनुसार आएको अध्यक्ष यादवको आरोप

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले भूमिसम्बन्धी अध्यादेश भूमिहीनको