काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद सदस्य नभएका व्यक्तिलाई मन्त्री बनाएर तमासा गरेको बताएका छन् ।
समाजिक संजाल ट्वीटरमार्फत रावलले माओवादी केन्द्रले कारबाही गरी सांसद पद गुमेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु साहलाई पुनःमन्त्री नियुक्त गरिएको भन्दै यस्तो बताएका हुन् ।
रावलले ओलीले पार्टीको विधान, पद्धति र प्रक्रिया मिचेर प्रणालीको स्वाङ पार्ने गरेको बताएका छन् । रावलले प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक प्रमाणित हुँदा पनि कुनै दायित्व नलिने र पार्टीको विधान नमान्ने चरित्रनै ओलीको समस्या भएको बताएका हुन् ।
उनले संसद सदस्य नभएर पनि मन्त्री पदमा टाँसिएका पदलोलुपहरूको झुण्ड बोकेर देशको मर्यादामा आघात गर्ने चरित्र नै आज देशको समस्या भएको उल्लेख गरेका छन् ।
रावलले लेखेका छन्, ‘प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक प्रमाणित हुँदा पनि कुनै दायित्व नलिने,पार्टीको विधान, पद्धति र प्रक्रिया मिचेर पार्टी प्रणाली मानेको स्वाङ गर्ने, संसद सदस्य नभएर पनि मन्त्री पदमा टाँसिएका पदलोलुपहरूको झुण्ड बोकेर देशको मर्यादामा आघात गर्ने चरित्र नै आज देशको समस्या हो ।’ 

प्रतिक्रिया